Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाई संरक्षणवादीको अभियानबाट पिडितलाई क्षतिपूर्ति दिन अदालतको आदेश

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan

नयाँदिल्ली, ६ असोज । भारतको सर्वोच्च अदालतले गाई संरक्षणका नाममा भईरहेका गतिविधिबाट पिडितहरुलाई तत्काल क्षतिपूर्ति दिन आदेश दिएको छ ।

भारतमा राष्ट्रबादी भारतीय जनता पार्टी विजेपीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि गाई संरक्षणका नाममा भएको विभिन्न खाले गतिविधिका कारण झण्डै एक दर्जन जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

भारतीय जनता पार्टी सन् २०१४ मा सत्तामा आएपछि गाईको मासु खाएको भन्दै मुसलमान र दलित समुदायका व्यक्तिहरूमाथि विभिन्न आक्रमण भएको थियो ।

सरकारी अधिकारीहरूका अनुसार गाई संरक्षणका नाममा भएका अभियानका क्रममा पछिल्लो तीन वर्षमा झण्डै १२ जनाको मृत्यु भएको छ । उनीहरुले दुधका लागि गाई ल्याएकाहरुलाई पनि आक्रमण गरेर अतिवादी व्यवहार देखाएको पाइएको छ ।

भारतमा गाई संरक्षणका नाममा भईरहेका गतिविधिका बारेमा भएको सुनुवाईमा प्रधानन्यायाधिश दिपक मिश्रले भन्नुभयो, “यस्ता घटना गराउनेहरु अपराधी हुन भने निर्दोषलाई सरकारले क्षतिपूर्ति दिनुपर्दछ । ”

सर्वोच्च अदालतले यसअघि स्वघोषित गाई संरक्षणकर्ताहरूलाई नियन्त्रण गर्न आदेश दिएको थियो । केन्द्रीय सरकार र प्रादेशिक सरकारलाई अदालतले दिएको आदेशमा तत्काल केही कदम चाल्न पनि भनिएको थियो ।

भारतमा गाईलाई हिन्दू धर्मअनुसार पुजनीय रूपमा लिइन्छ । त्यसका लागि कडा कानून पनि बनाइएका छन् ।
स्वघोषित गाई संरक्षणकर्ताद्वारा मुस्लिम र दलित समूदायका व्यक्तिहरूमाथि भएको आक्रमणको भारतीय प्रधानमन्त्री मोदीले पनि निन्दा गर्नुभएको छ । रासस/सिन्ह्वा 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan