Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस तनहुँमा किचलो: 'जोशीले प्रश्नै प्रश्न तेर्साए,पौडेल पन्छिए'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan
newsabhiyan

दमौली ,६ असोज । मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई चुनावी माहोलले छोएको छ । 

चुनावको पूर्वसन्ध्यामा  नेपाली कांग्रेस तनहुँमा नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको आन्तरिक किचलो मच्चिएको खबर छ । नेपाली कांग्रेस तनहुँद्धारा विजयी दशमी २०७४को अवसरमा शुक्रबार पार्टी कार्यालय तनहुँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता जोशीले जिल्लाको राजनीतिमा आफुलाई नपन्छाउन चेतावनी दिएका हुन् । 

कार्यक्रमको संबोधन गर्ने क्रममा पौडेललाई जोशीले चुनावको पूर्वसन्ध्यामा आफुलाई पन्छाएर अघि नबढ्न चेतावनी दिए पछि तनहुँ कांग्रेमा खैलाबैला मच्चिएको छ ।

सबै सधै रामचन्द्र 'जी'लाई मात्र चाहिने ? मलाई दिनुपर्दैन पौडेलप्रति लक्षित गर्दै जोशी आक्रोशित भएका थिए। गत स्थानीय तह निर्वाचनमा आफ्नो भागमा एउटा सदस्य समेत नपरेको जोशीको भनाई थियो । रामचन्द्रजीले ३० बर्षको अवधिमा लिनुपर्ने जति सबै लिई सक्नु भयो अबको चुनावमा कार्यकर्ताहरुको चाहाना बमोजिम तनहुँको क्षेत्र नं १ को टिकट मलाई दिनुपर्दछ जोशीले भने ।

आफूले राखेको विषय प्रति वेवास्ता गरिए पौडेलले ठूलो क्षति बेर्होनुपर्ने बताए । क्षतिको बारेमा भने इतिहासले बताउने जोशीको भनाई थियो । फेरि पनि आफुलाई पन्छाएर अघि बढे तनहुँ कांग्रेस इतिहासले धिकार्ने छ । तागत चल्छ भन्दैमा मन लाग्दो गर्न नपाइने बताएकाछन् । यसरी अघि बढे इतिहासले पौडेललाई कठघरामा उभ्याउने छ ।

यस्तो मन लाग्दि गर्दै गर्दा हुने क्षतीको जिम्मा पौडलले लिनु पर्ने भन्दै जोशीले आक्रोश ब्यक्त गरेकाछन् । पौडेलकै निर्देशनमा २०४६ सालमा उनकै भाई ओझराज पौडेल वागाी उमेदवार उठाइएको घटना आफुले नबिर्सिएको बताए । जहिले पनि अनुकुलको राजनीति नगर्न जोशीले सुझाएकाछन् । 

शुभकामना आदानप्रदान कार्यक्रममा जोशीले चेतावनीपूर्ण अभिव्यक्तिका बारेमा पौडेलको कुनै जवाफ फर्काएनन् । कार्यक्रम संबोधन गर्ने क्रममा पौडेलले विकास निर्माण कामका बारेमा चर्चा गरेर पन्छिएका थिए ।

कार्यक्रममा तनहुँबासी नेता रामचन्द्र पौडेल , गोविन्दराज जोशी,शंकर भण्डारी , प्रदिप पौडेल, गाबिन्द भट्टराई , रामचन्द्र पोखरेल,ध्रुव वाग्ले,बैकुण्ठ न्यौपाने,झुलबहादुर आले ,अमर कैनी ,रघुनाथ पौडेल ,एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, नेकपा माओवादी केन्द्रका प्रतिनिधी राजेन्द्रकेशरी न्यौपाने लगायतले बालेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan