Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल भारत सम्बन्धको महान कडी नै वी.पी. : भारतीय जनता पार्टिका महासचिव जैन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ७ शनिबार
newsabhiyan
newsabhiyan

गोबिन्द पोख्रेल, नयाँ दिल्ली । वी.पी. कोईरालाका विचारहरु र वर्तमान परिस्थिती विषयक कार्यक्रम सम्पन्न भएको छ ।

भारतीय जनता पार्टिका महासचिव प्रमुख अतिथि डा. अनिल जैनले वी.पी.को बारेमा कुरा राख्दै्र नेपाल भारत सम्बन्धको महान कडी नै वी.पी. कोइराला भएको जिकिर गरे । उनले भने, विपि भारतको धार्मिक राजधानी बनारसमा रहे । भारतको स्वतन्त्रता आन्दोलनमा सरिक भएका कारण उनी भारतमा राजवन्दीको रुपमा जेलमा परे ।

जसले आफु बस्ने गरेको देश भारतका लागि यति उल्लेखनीय योगदान दिए । कल्पना पनि गर्न सकिन्न आफ्नो मुलुक नेपालका लागि कति योगदान गरे होलान ? वी.पी. ले छोडेका छाप हो, नेपाल भारत सम्बन्धको कडी । त्यसकारण सम्बन्ध एकदम नजीकिय छ । नेपाल सर्वांगीण रुपले सम्पन्न भएमात्र भारत सुरक्षित छ र हुन सक्छ ।

कार्यक्रम अध्यक्ष महामहिम दिप कुमार उपाध्यायले धन्यवाद सहित जेल जर्नलको बारेमा वताउँदै वी.पी.को बारेमा कुरा राख्द्रै भने, सन् १९९१ मा स्थापना भएको वी.पी. कोइराला फाउण्डेशन सरकार सरकार विच कार्य गर्न स्थापना भएको हो । नेपाल भारत सम्बन्धको कडीको रुपमा नेपालमा गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री भएका बेला स्थापना भएको फाउण्डेशनले नेपाली र भारतीय जनताको विचमा उल्लेखनीय कार्य गर्दै आएको उनले वताए ।

उनले थपे देश अलग हुन, तर हामी एउटै ऋषिका संन्तान हौं । त्यसैले सँस्कृति सभ्यता, इतिहास र भूगोल कसैले बदल्न सक्दैन । विपिको विचारका यस्ता कार्यक्रमहरु भारतका ठुला शहरहरुमा लैजान आवस्यकता भएको उनले जिकिर गरे । त्यसैगरि कार्यक्रममा कांग्रेस नेता हरिबोल भट्टराईले नेपाल भारत धर्म,भाषा र सस्ंकृतीसगँ जोडिएकाले कसैले चाहादैँमा संबन्ध नबिग्रिने बताए ।

नवराज गुरुंग सुरुमै बोल्दै, भारतले म ठुल्दाजु हो, भन्ने सोंच हावी राख्दा नेपाल भारत सम्बन्धमा दरार आईरहेको वताएर माहौल नै तताईदिएका थिए । शायद उनी भन्न चाहान्थे होला, नेपाली कामदारहरुलाई भारतमा निम्नस्तरको हिसाबले सम्बोधन गर्नुले पनि दरार आईरहेको छ । उनी भन्न चाहान्थे होला, नेपालीहरुलाई वैदेशीक कामदारको रुपमा सम्मान दिन नसक्नु भारतीय पक्षको ठुलो भुल हो । उनी भन्न चाहान्थे होला, यी र यस्तै सानातिना पक्षहरु भारतले सुधार गर्न आवस्यक छ, हाम्रो सम्बन्ध कहिल्यै विग्रदैन ।

बरिष्ठ पत्रकार वाग्लेले बहुमुखि राजनैतिक व्यक्तित्व वी.पी.हुन । समाज, राजनिति, देशको अर्थ लगायतका विषयमा उनका विचार नै उनका योगदान हुन । यसलाई आज आएर व्यबहारीक रुपमा उतार्न आवस्यक छ, भन्दै उनले बोले, केही असमझदारीले दुई देशविच दरार उत्पन्न भएको छ ।
डा. करण सिंहले नेपाल भारत सम्बन्धलाई यूवा पिडिले बचाउन जरुरी भएको जिकिर गर्दै विपिको बारेमा धेरै कुराहरु राखे । उनले भारतमा वी.पी. २ बर्ष जेल पर्नु नै भारत नेपालको सम्बन्धलाई मजबूति दिन सक्ने व्यक्तित्वको रुपमा परिचित हुनु थियो ।

भारतवर्षलाई नोक्सान हुदा नेपालको क्षति हो, भने नेपाललाई कुनै कुराको नोक्सान भारतको क्षति हो । भारतमा जुनसुकै सरकार आएपनी, भारत नेपालमा विकास, स्थायीत्व र मित्रता चाहान्छ भन्ने उनको जिकिर थियो । वी.पी.कोईराला नेपाल र भारतका मात्र राजनैतिक नेता थिएनन् । उनी सिंगो एशियाका राजनैतिक नेता थिए एकातिर भने, अर्कोतिर समाजवादको सनदर्भमा उनी विश्वका नै नेता हुन, थिए ।  भारतीय जनता पार्टिका महासचिव डा. अनिल जैन प्रमुख अतिथि, डा. करण सिंह विशिष्ट अतिथि र अतिथिहरुमा अभिनेत्री तथा समाजसेवीका मनिषा कोईराला, नेपाली काँग्रेसका नेता नवराज गुरुंग र वरिष्ठ पत्रकार अचुत वाग्ले रहेका सो कार्यक्रममा नयाँ दिल्लीमा रहेका विभिन्न संघ सँस्थाहरुका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा लक्ष्मीनगर दिल्लीमा सिए अध्ययनरत विधार्थीहरुले राम्रो भुमिका निर्वाह गर्दै कार्यक्रमको शोभा बढाएका थिए । वि. पि. चिन्तन प्रतिष्ठान भारतका संयोजक सन्दिप रानाले कार्यक्रम संचालन प्रक्रिया अघि बढाए ।

भारतका लागि नेपाली राजदूत महामहिम दिप कुमार उपाध्यायले अध्यक्षता गरेको सो कार्यक्रमलाई औपचारिक रुपमा अतिथि आशन ग्रहण सहितको कार्यक्रम सिए विधार्थीहरु सन्दिप र अनुशिलाले संचालन गरेका थिए ।

पानसमा बत्ति बालेर उद्सहित अघि बढाईएको सो कार्यक्रम कन्सीच्यूशनल क्लबको सभा हलमा सम्पन्न भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan