Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालयनलाई उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ७ शनिबार
newsabhiyan

काठमाडौं, ७ असोज ।  हिमालयन शेर्पा क्लबले प्रथम किसुनजी कप सिक्स ए साइड नकआउट फुटबल प्रतियोगिताो उपाधि शनिबार जितेको छ ।
सदाबहार खेलकुद समाजले कपनको आकाशेधारामा आयोजना गरेको प्रतियोगिताको फाइनलमा हिमालयनले चावहिल एजे टिमलाई ८–२ गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि नवीन पाण्डेले ४ तथा विनोद थापा र कुमार थापाले २–२ गोल गरे । चावहिलका सन्तोष नेपाली र मनु गौतमले १–१ गोल हाने ।

उपाधिसंगै हिमालयनले ५० हजार नगद पुरस्कार पायो भने चावहिलले २५ हजार नगदमा चित्त बुझायो । हिमालयले आफूले पाएको पुरस्कारको आधा रकम २५ हजार आयोजक सदाबहारका खेलाडीका लागि खेल सामाग्री खरिद गर्न सहयोग गरेको प्रतियोगिता संयोजक बद्री भट्टराईले जानकारी गराए ।

हिमालयनका कुमार थापा उत्कृष्ट खेलाडी घोषित भए भने प्रतियोगिताभर ९ गोल गरेको चावहिलका सन्तोष नेपाली सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । हिमालयनका राजेन्द्र गौतम उत्कृष्ट गोलरक्षक तथा चावहिलका मनु गौतम उत्कृष्ट डिफेन्डर चुनिए । चारैले जनही ५ हजार पुरस्कार थापे । कुमार र राजेन्द्रले पनि सदाबहारका खेलाडीका लागि खेल सामाग्री खरिद गर्न पुरस्कार रकम सहयोग स्वरुप हस्तान्तरण गरे ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, तरुण दलका केन्द्रीय अध्यक्ष दीपजंग बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ३१ गतेदेखि सुरु प्रतियोगितामा १३ टिम सहभागी थिए ।

इन्डो–नेपाल तेक्वान्दो भोलिदेखि
राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा इन्डो–नेपाल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु हुँदैछ ।
प्रतियोगितामा विभिन्न २२ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । प्रतियोगिता सोमबारसम्म चल्नेछ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan