Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनमा सिभिल बैंकको वित्तीय साक्षरताका लागी घरदैलो अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ७ शनिबार
newsabhiyan
newsabhiyan

चितवन,७ असोज । बैंकको पहुँच नपुगेको क्षेत्रका नागरिकलाई लक्षित गरेर आज (शनिवार) देखी सिभिल बैंकले वित्तीय साक्षरताका लागी घरदैलो अभियान संचालन गरेको छ । तिन महिना सम्म सँचालन हुने अभियान प्रत्येक शनिवार संचालन हुने छ ।

पुर्वि चितवनको खुरखुरे, टाँडी, पश्चिम चितवनको पार्वतिपुर र नारायणगढका दुई शाखावाट अभियान संचालन गरिने छ । बैंकले यो अवधीमा शुन्य मौजदातमा खाता खोल्ने व्यवस्था र एक वर्षका लागी निशुल्क एटिएम र इन्टरनेट बैंकिङ प्रदान गर्ने छ ।

सो खाता अन्र्तगत साढे ८ प्रतिशत व्याज उपलव्ध गराइने छ ।
अभियानको पहिलो दिन १ सय १५ जनाले खाता खोलेका छन् । खैरहनी नगरपालिकाको वडा नम्वर १० र ११ मा चलाइएको अभियानमा उत्साहजनक सहभागिता रहेको थियो ।

बैंकले दिने सेवाका वारेमा सवैलाई जानकारी दिने उदेश्यले अभियान संचालन गरेको खुरखुरे शाखा प्रमुख सुनिल खनालले जानकारी दिनुभयो । उहाँले विशेष गरेर बैंकको पहुँचवाट टाढा रहेको ग्राहकहरुलाई बैंकको पहुँच पुर्याउन अभियान संचालन गरेको वताउनुभयो ।

यसले एक घर एक बैंक खाता अभियानलाई सार्थकता दिने खनालको भनाई छ । बैंकको चितवनमा ५ शाखा र देशभर ५३ शाखा रहेका छन् । अझै २५ शाखा विस्तारको तयारीमा बैंक छ ।  नेपालमा अझैपनि ७० प्रतिशत नागरिक बैंकिङ सेवाको पहुँचवाट टाढा छन् ।

पहिलो दिनको अभियानमा खुरखुरे शाखा प्रमुख सुनिल खनाल,टाँडी शाखा प्रमुख विजय गुरुङ, पार्वतिपुर शाखा प्रमुख नवराज सापकोटा,नारायणगढ शाखा प्रमुख रमेश पौडेल र वुद्धिनाथ अधिकारीको सहभागिता रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan