Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जाने एमालेलाई सुझाव

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ७ शनिबार
newsabhiyan

काठमाडौं , ७ असोज (रासस) : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिनुभएको छ ।

शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानुपर्ने सुझाव दिएको सचिव प्रदीप ज्ञवालीले जानकारी गराउनुभयो ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि विभिन्न आठ समूहमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेका सचिव ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश नं १ का तर्फबाट डा शिवमाया तुम्बाहाम्फे, प्रदेश नं २ बाट सत्यनारायण मण्डल, प्रदेश नं ३ बाट काशिनाथ अधिकारी, प्रदेश नं ४ बाट गणेश तिमिल्सिना, प्रदेश नं ५ बाट दलबहादुर राना, प्रदेश नं ६ बाट यामलाल कँडेल, प्रदेश नं ७ बाट उपाध्यक्ष भीम रावल तथा मोर्चा संगठनका तर्फबाट महेन्द्रबहादुर पाण्डेले प्रतिवेदनमाथि सुझाव दिनुभएको थियो ।

निर्वाचनमा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई समेटेर एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव पनि सबै समूहबाट प्रस्तुत भएको उहाँले बताउनुभयो । उहाँहरुले प्रतिवेदन आधारभूतरुपमा सही रहेको उल्लेख गर्दै उहाँहरुले अत्यन्त प्रतिकूल अवस्थामा पार्टीले प्राप्त गरेको सफलता गौरवयोग्य भएको र निर्वाचनका क्रममा भएका कमीकमजोरीको समीक्षा गर्नुपर्ने धारणा राख्नुभएको सचिव ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार आगामी संघीय र प्रादेशिक निर्वाचनमा पार्टीको स्पष्ट बहुमतसहित सबै तहमा सरकार बनाउने गरी ठोस नीति, योजना र जिम्मेवारी बाँडफाँड गरेर अगाडि बढ्नुपर्ने सुझावसमेत दिनुभएको थियो ।

शुक्रबारदेखि शुरु भएको बैठक आज समूहगत छलफलका क्रममा प्रस्तुत भएका प्रश्न, जिज्ञासा र सुझावका बारेमा प्रत्युत्तर एमाले अध्यक्ष ओलीले दिँदै भोलि नै बैठक सकिने सचिव ज्ञवालीले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan