Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनुगमन गर्दा राज्यमन्त्रीको गाडी तोडफोड

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ७ शनिबार
newsabhiyan

धनगढी, ७ असोज (रासस) : बजार अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आज कैलालीको टीकापुरमा तोडफोड भएको छ ।

टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुग्नु भएका राज्यमन्त्री विकले प्रयोग गर्नु भएको बा १ झ ९६६९ नं को जिप होटल परिसरमा रोकिएको अवस्थामा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । तोडफोडबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ ।

बजार अनुगमनका नाममा पसलमा सिलबन्दी गर्ने प्रयास गरेको भन्दै विरोधमा उत्रिएका व्यापारीले जिपमा तोडफोड गरेको जनाइएको छ । प्रहरीले घटनापछि टीकापुर उद्योग वाणिज्य संघका दुई व्यवसायीलाई पक्राउ गरेको छ । घटनापछि आपूर्ति राज्यमन्त्री र प्रजिअको उपस्थितिमा समस्या समाधानको प्रयासका लागि सर्वपक्षीय बैठक बसेको छ ।

राज्यलाई तिर्नुपर्ने कर नबुझाउने माथि कारबाही गर्नुको साटो जिल्लाका साना व्यापारीलाई चाडवाडको समयमा जथाभावीरुपमा बजार अनुगमनको नाममा दुःख दिइएको भन्दै स्थानीय व्यापारीले विरोध गरिरहेका छन् ।

अनुगमन टोलीले तीन दिनअघि धनगढीका दुई पसलमा शिलबन्दी गरेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan