Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनतामा जाउँ, जित निस्कन्छ – नेता थापा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ७ शनिबार
newsabhiyan

काठमाडौँ, ७ असोज (रासस) ः नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन सबै नेता तथा कार्यकर्ता गाउँ फर्किएर संगठन विस्तार गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नुवाकोट–काठमाडौँ संघीय जनसम्पर्क मञ्चद्वारा विजया दशमी, दीपावली, छठलगायतको पर्वको उपलक्ष्यमा यहाँ आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतासँगको प्रत्यक्ष सम्पर्क विकास गर्न र पार्टीको कार्ययोजना बुझाउन आग्रह गर्नुभयो ।

नेता थापाले भन्नुभयो, “अन्य पार्टीभन्दा हामी जनतासँग नजिक थियौँ, तर पछिल्लो समयमा सबै शहरमुखी भएकाले स्थानीय निकायमा पराजय भोग्यौँ, अब तपाई गाउँगाउँ फर्किएर गुमेको विश्वास जित्ने काम गर्नुस् ।”

उहाँले विचार, सिद्धान्त, नीति, कार्यक्रम र कार्ययोजनामा स्पष्ट नभएमा विजय हासिल नहुने भन्दै आन्तरिक एकतालाई मजबुत गराउँदै निर्वाचनको वातावरण तयार गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता हितबहादुर तामाङले स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्रले नुवाकोटबाट गुमाएको जनमतलाई फर्काउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।

तामाङले नुवाकोटमा माओवादी केन्द्र मजबुत नै रहेको बताउँदै सबै एक ढिक्का भएर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीलाई सफलता दिलाउन लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विवेक शर्माले स्थानीय निकायको निर्वाचनको अनुभवबाट सिकेर प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रकी सांसद राममाया बोगटी, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार बलराम फुँयाल, पुराना वामपन्थी नेता तोयानाथ थपलिया, पूर्वमन्त्री राधिका तामाङ, नेकपा (माओवादी केन्द्र) नुवाकोटका जिल्ला संयोजक हिरानाथ खतिवडा, अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीलगायतले जनपक्षीय एजेण्डाका साथ निर्वाचनका केन्द्रित हुने विचार राख्नुभएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan