Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ढिस्कोले पुरिएर बालकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ८ आइतबार
newsabhiyan

खोटाङ, ८ असोज (रासस) ः घर पोत्न प्रयोग गरिने कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ओखलढुङ्गामा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–४ का १५ वर्षीय नवीन राईको आइतबार दिउँसो मृत्यु भएको हो ।

माटो खनिरहेको अवस्थामा माथिबाट झरेको ढिस्कोले पुर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनकोशी गाउँपालिका–३ स्थित देउकी पाखामा कमेरो खन्ने क्रममा बालकलाई ढिस्कोले पुरेको हो । घटनाका विषयमा प्रहरी चौकी, हर्कपुरबाट गएको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ । उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल, ओखलढुंगा पठाइएको स्थानीयवासीले बताएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan