Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ८ आइतबार
newsabhiyan

बेरुत, ८ असोज (रासस-एएफपी) : रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन् । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुगमनकर्ताहरूले आइतबार जानकारी दिएका छन् ।

शनिबार भएको सो हवाई कारबाही किन भयो भन्ने बारेमा अहिलेसम्म रुस वा सिरियाली सरकारले नै कुनै जानकारी दिएको छैन ।

रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्य गरेर सो कारबाही गरेका थिए । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ ।

सिरियामा गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा जारी छ । यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan