Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दलको संख्या घटाउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २१ शनिबार
newsabhiyan
newsabhiyan

मंगलबारमात्रै नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नया“शक्ति पार्टी एकिकण हुने तीन पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

पार्टी एकिकरण घोषणा सभा नाम दिइएको पत्रकार सम्मेलनमा वितरित एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नया“शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा हस्ताक्षरित ६ बुँदे सहमति पत्रमा मंसिरमा गर्ने तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेल गर्ने र टिकट भागवण्डा गर्ने सहमति भएको उल्लेख छ ।

यसले नेपालको राजनीतिमा नया“ तरङ्ग उत्पन्न गरिदिएको छ । विशेषगरी दोस्रो संविधानसभामा पहिलो पार्टी बनेको नेपाली कांग्रेसका नेताहरु अत्ताल्लिएका छन् ।

नेपालमा राजनीति स्थीर नहुने मुख्य कारण कुनै राजनीतिक दलले बहुमत नल्याउने र च्याउसरी दलहरुको प्रतिनिधित्व संसदमा हुनु हो । राजनीति स्थीर हुनका लागि कुनै एक दलले बहुमत ल्याउन अनिवार्य हुन्छ । एउटा दल बहुमत ल्याउने हैसियतमा पुग्न अहिलेका दलबीच एकिकरणको टट्कारो आवश्यकता छ । त्यसको प्रक्रिया एमाले, माओवादी केन्द्र र नयाँशक्तिले सुरु गरेका छन् ।

एकिकरण घोषणासभा गरेर मात्र एकिकरण भएको मानिन्न । औपचारिक रुपमा एकिकरण हुनुपर्छ । तीन दलका नेता सम्मेलित कार्यदलले विधान, संगठनात्मक संरचना  र आगामी कार्यदिशा तय गरेर एकिकृत महाधिवेशन सम्पन्न गरेपछि मात्रै औपचारिक र व्यवहारिक रुपमा पार्टी एकिकरण भएको मानिन्छ । त्यसका लागि अझै धेरै खुट्किला पार गर्नुपर्नेछ । ति खुड्किला पार गर्न नेताहरुले गम्भिर गृहकार्य गर्न आवश्यक छ ।

कम्युनिष्ट विचारधारा भएका दलहरु एक भए, हामी सक्किने भयौ भनेर चिन्ता गरेर बस्ने होइन कांग्रेस पनि । उनले पनि आफ्नो विचार र सिद्धान्तसंग नजिक भएका दलहरुलाई आफुमा समाहित गर्ने पहल थाल्नु पर्छ । पार्टीभित्र एकले अर्काको खुट्टा तान्ने प्रबृत्ति अन्त्य गरी एकढिक्का भएर सत्रुको सामना गर्ने रणनीति बनाउनु पर्छ ।

सके बहुमत ल्याउने, नसके बलियो प्रतिपक्षीको हैसियतमा पुग्ने तयारी आजैदेखि थाल्नुको विकल्प कांग्रेससंग छैन् । त्यसैले अर्काले राम्रो घर बनायो भन्दै डाहा गर्नु भन्दा आफुले त्यो भन्दा राम्रो कसरी बनाउन सकिन्छ भन्ने सोच्नु नै बढि बुद्धिमानी हुन्छ ।

अब दलहरु फुटेर भन्दा जुटेर अघि बढेमा मात्रै मुलुकमा समृद्धि र विकासको राजनीतिले स्थान पाउने छ । अन्यथा फेरी पनि राजनीतिक एजेण्डा नै हावी हुनेछन् । मुलुक उधोगतिमा लाग्नेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan