Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टिप्पणी: 'सर्बेन्द्रहरुले बनाएको सुरक्षित राजधानी सकसमा'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २४ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असोज । पछिल्लो समय काठमाडौं राजधानी असुरक्षित बन्दै गएको छ । चोरी ,चकारी ,छुरा आतंकदेखि दिन दहाडै गोली काण्ड मच्चिएको छ । हिजो मात्रै नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भयो ।

राजधानी एकाएक असुरक्षित छ । ‘मनोज पुन नेतृत्वमा रहेको डन समूहले अब काठमाडौं ताक्दै छौं ,भनेर बताएका थिए ।’ पुनका सहयोगीहरूले दिएको सूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन ।

सुरक्षा क्षेत्रमा प्रहरीको हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भयो ।

राजधानीको सुरक्षाको जिम्मा लिएको प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको नेतृत्व कुन धन्दामा ब्यस्त छ ? एसएसपी रविन्द्र धानुक र दिवस लोहनी माथी गम्भिर प्रश्न खडा भएको छ । हिजोका दिनमा काठमाडौंको सुरक्षाको जिम्मा लिएका सर्वेन्द्र खनाल,पुस्कर कार्की,रमेश खरेल,उत्तम कार्की,बिक्रमसिंह थापा रहँदा राजधानीमा डनहरुको भागाभाग थियो ।

ब्यापारीहरुदेखि आम नागरिकहरुको सुरक्षा ब्यावस्थामा भरपर्दो थियो । तत्कालिन काठमाडौंको सुरक्षाको जिम्मा लिएका प्रहरी प्रमुख सर्बेन्द्रहरुले बनाएको सुरक्षा नीतिले आम नागरिकलाई सहज गराएको थियो ।

उनीहरुले डनहरुसँग हिमचिम बढाएनन् । अन्य तस्कर ,लुटेराहरुलाई निगरानीमा राखे,दिनहुँ राजधानीमा सुरक्षा जाँचलाई कडा पारे । तर पछिल्लो समय गृहमन्त्रीको फुर्तीलगाउँदै राजधानीको सुरक्षा जिम्मा लिएकाहरु नेतृत्वमा फेल भएकाछन् । राजधानी सकसमा परेको छ ।

प्रहरी भित्र पछिल्लो समय सक्षम र काबिल भन्दा पनि गृहमन्त्री निकट ब्यक्तीलाई प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा जिम्मा लगाउने प्रवृती बढेको छ । राजनीति हावी भएको छ । सुरक्षा खल्बलिएकोमा सुरक्षा विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् ।

गृह मन्त्री जनार्जन शर्माको ठाडो आदेशमा नेतृत्व समाल्न पुगेका प्रहरी परिसर काठमाडौं प्रमुख रविन्द्र धानुक र महानगरीय अपराध महाशाखा प्रमुख दिवस लोहनीका बारेमा गृहका उच्च अधिकारीहरुले औंला ठड्याएकाछन् । नैतिकताका आधारमा गृहमन्त्रीले राजिनामा दिनुपर्ने आवाज उठेको छ ।

अझै पनि प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा जिम्मा लिएका धानुक र लोहनीलाई प्रहरी हेडक्याटरले फिर्ता बोलाउन सकेको छैन् । गृह मन्त्रालयका एक उच्च अधिकारीले भने दिन दहाडौ राजधानीमा यस्तो घटनाहुँदा प्रहरीले अपराधी पक्रन सक्दैन भने ,त्यो नेतृत्व माथी प्रश्न उठ्न पर्ने की नपर्ने रु न्यूज अभियानसँग उल्टै प्रश्न गरे ।

शान्ती सुरक्षामा राजनीतिक नेतृत्वको ठाडो हस्तक्षेपको उपजनै सुरक्षा अस्तब्यस्त भएको ती अधिकारीको ठम्याइ छ । त्यसपछि राजधानीको सबै नाकामा सुरक्षा व्यवस्था कडा पारियो । सुरक्षा नीति यस्तै हो एक उच्च अधिकारीले न्यूज अभियानसँगको कुराकानीमा आक्रोस पोखे ।

गौचनलाई गोली हानेको एक घन्टापछि निर्माण व्यवसायीसमेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आयो । सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाको भनाई छ ।

‘मलाई नो कल आइडीबाट चारपटक फोन आयो,’ धम्क्याए खै मुलुकको शान्ती सुरक्षा कसरी चलेको छ म आफै छक्क परेको छु ,उनले भने । डेढ महिनादेखि पैसा माग्दै आफूलाई फोन आएको उनको भनाई छ । यो घटनाले देशमा बस्नै डर लागेको उनले बताए ।

धम्कीपछि उनले गृहमन्त्री जनार्दन शर्मा र आइजिपी प्रकाश अर्याललाई भेटेर जानकारी गराएको बताए । पछिल्लो समय लामासँगै अन्य व्यवसायीलाई पनि यस्तै धम्की आउने क्रम बढेको छ ।

यो पनि पढ्नुहोस् ।  सरकारी निर्णय लत्याउँदै रात्रि व्यवसायमा प्रहरी ‘आतंक’

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan