Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ शक्तिको निर्मलपथ ?!

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २५ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२५ असोज ।  वाम गठबन्धनको तेस्रो शक्ती भनिएको डा. बाबुराम भट्टराई नेतृत्व नयाँ शक्ति पार्टी नेपालमा 'निर्मलपथ'को चर्चा चुलिएको छ । 

आफ्ना पुराना माओवादी मान्यता छोडेर नयाँ शक्ति पार्टी नेपाल गठन गरेका डा. बाबुराम भट्टराई एमालेको चुनाब चिन्ह सूर्य लिएर गोरखाबाट चुनाब लड्ने तयारी गरेका छन् । ठूलो तामझामका साथ पार्टी गठन गरेको एक बर्ष नबित्तै उनको पार्टी छिन्नभिन्न भएको थियो । 

डा. भट्टराईसंग विचार र संगठनको क्षेत्रमा विवाद बढ्दै गएपछि एउटा ठूलो समूह लिएर नेता निर्मल भट्टराई एमाले अध्यक्ष के पी शर्मा ओलीको राष्ट्रवादी लाईनको समर्थन गर्दै स्थानीय निर्वाचन अगावै एमालेमा समाहित भएका थिए ।

निर्मलको सो कदमलाई नयाँ शक्तिले अवाञ्छित र अवसरवादी चरित्रको रुपमा व्याख्या गरिएको थियो । तर तीन महिना पनि नवित्तै स्वयं डा. भट्टराई एमालेमा विलय हुन पुगे । नयाँ शक्तिका एक नेतालाई प्रश्न गर्दा व्यङ्ग्यात्मक शैलीमा भने—“यो हाम्रो ‘निर्मलपथ’ हो !”

उता नेकपा(एमाले) भक्तपुर जिल्ला कमितिले नेता निर्मल भट्टराईको नाम प्रतिनिधिसभाको समानुपातिक तर्फको उम्मेद्वारको लागि सर्वसम्मत सिफारिस गरेको छ । उम्मेद्वार छनोटको लागि भोलिदेखि बस्ने स्थायी समितिको बैठकले अन्तिम निर्णय गर्ने बताईन्छ ।

आफै पार्टी बनाउन नसकेर निर्मलकै बाटोमा लागेका बाबुरामले सूर्य चिन्ह लिएर गोरखाबाट चुनाब लड्ने तयारी गर्दैगर्दा कुनैबेलाका उनका सशक्त विद्रोही निर्मललाई एमालेले टिकट दिनै पर्ने अवस्था रहेको निर्मलका समर्थक बताउछन् । त्यसो त निर्मलले  नयाँ शक्तिमा रहदाँ पनि आफ्ना विचार प्रस्टसँग राख्थे ।

उनले नयाँ शक्तिका कतिपय बैठकमा पार्टीमा तत्कालिन माओवादीहरुको झल्कोले गाजेको बताउदैँ समेत आए ,उनको विरोध भयो ।

विचारको राजनीतिमा समेत रमाउने निर्मल नेताका रुपमा मात्र सक्रियछैनन् । उनले मुलुकको राष्ट्रिय राजनीति समेत हेक्का राख्दछन् । उनलाई एमाले भक्तपुरले समेत बौद्दिकनेताका रुपमा लिएको छ ।

उनी केन्द्रिय स्तरको छवी कायम गरेका नेताहन् । राष्ट्रवादी नेताको छवी कायम गर्दै आएका ओलीलाई गालि गर्दै आएका बाबुराम पनि यतीबेला निर्मलले पछ्याएकै बाटोमा लम्किएकाछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan