Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसको संसदीय समिति बन्यो, भाग्यमानी बोर्ड सदस्य यी हुन् ,उम्मेदवार छान्ने बैठक आजै (नाम सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २५ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं ,२५ असोज । नेपाली कांग्रेसले आज संसदीय समिति चयन गरेको छ । निर्वाचनमा उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको हो । कांग्रेसको संरचनामा सबै भन्दा शक्तिशाली भनेर चिनिने संसदीय समिति आजै गठन गरे हो ।

प्रधानमन्त्री एबं सभापति शेरबहादुर देउवाको नेतृत्वमा  १७ सदस्यीय संसदीय समिति गठन भएको छ । देउवाले आफ्नै पक्षका नेताहरु चित्त बुझाउन नसकेपछि १७ सदस्य पुर्‍याएका हुन्। 

जस अनुसार रामचन्द्र पौडेल,सशांक कोइराला,सितादेवी यादव,खुमबहादुर खड्का,प्रकाशमान सिंह,कृष्ण सिटौला, विमलेन्द्र नीधि,पुर्ण खड्का,रामशरण महत,अर्जुननरसिंह केसी,चित्रलेखा यादव,महेश आचार्य,गोपाल श्रेष्ठ,बालकृष्ण खाँड ,ज्ञानेन्द्रबहादुर कार्की,प्रकासशरण महत रहेकाछन् । सभापति शेरबहादुर देउवाले आजै बालुवाटारमा संसदीय समितिको बैठक डाकेका छन्।

कांग्रेस संसदीय बोर्डले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने गर्दछ । लामो समयदेखि संसदीय बोर्ड खाली थियो । 

भाग्यमानी बोर्ड सदस्य यी हुन् 
वरिष्ठताको नवौं नम्बरमा रहेका कुलबहादुर गुरुङ संसदीय समितिमा पर्न सकेनन् । साथै बलबहादुर केसी पछाडि रहेका बालकृष्ण खाँड, प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलाई समितिमा समेटिएको छ । खाँड, महत र कार्की भाग्यमानी बोर्ड सदस्य भएको एक नेताले बताए । उनीहरुले सत्ताको पनि स्वाद चाखेकाछन् ,बोर्डमा पनि परे उनले भने । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan