Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रजातान्त्रिक अभ्यास सुदृढ गर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २७ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ असोज । तीन बामपन्थी दल एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले तत्काल चुनावी तालमेल र निर्वाचन पछि पार्टी एकता नै गर्ने सहमति गरेका छन् । त्यसले देशभित्र र बाहिरसमेत सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

सरकार निर्माणमा सहकार्य गर्दै सरकारमा रहेको माओवादी केन्द्र अचानक मुख्य प्रतिद्वन्द्वी दल एमालेसँग चुनावी तालमेलमा सामेल भएपछि सत्ताको नेतृत्वकर्ता कांग्रेसले गैरवामपन्थी गठबन्धन निर्माणको प्रक्रिया सुरु गरेको छ । मधेसमा क्रियाशील संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पनि चुनावीस् तालमेल गर्ने सहमति गरेका छन् ।

एमालेको निर्वाचन चिह्न सूर्यमा चुनाव लड्ने गरी केही दल र स्वतन्त्र व्यक्तिले सम्झौता गरेका छन् । माओवादी केन्द्रसँग पनि मिलेर उसैको निर्वाचन चिह्न गोलाकारभित्रको हसिया हटौडामा चुनाव लड्ने गरी केही दलले सहमति—सम्झौता गरेका छन् । यी घटनाले राजनीतिलाई गतिशीतबनाइदिएको छ ।

समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन तीन दिनमात्र बाँकी छ । सुची तयारी गर्न दलहरु दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । अर्कातिर निर्वाचनपछिको परिदृश्यमा आफ्नो स्थान र हैसियतबारे चिन्ता गर्दै सकेसम्म मिलेर निर्वाचनमा जान रुचि देखाइरहेका छन् ।

दलहरूबीच गठबन्धन निर्वाचन भइसकेपछि आफ्नो हैसियत अनुसार नयाँ सरकार गठन गर्दा या बीचमा सरकार परिवर्तन गर्दा हुने गर्छ । गठबन्धनले जनतालाई छनोटको अधिकार दिँदैन, केवल दल र त्यसका नेताको अल्पकालीन हितमा यी गठबन्धन बन्ने र भत्कने गर्छन् ।

निर्वाचनपछिको गठबन्धन भन्दा निर्वाचनअघिको गठबन्धन राम्रो मानिन्छ । तर, खासगरी कांग्रेसको वृत्तबाट जे—जस्ता प्रतिक्रिया सार्वजनिक भएका छन् त्यसले यो गठबन्धनबाट सो दलका नेतालाई एउटा धक्का लागेकोजस्तो देखिन जान्छ ।

गठबन्धनलाई लोकतन्त्रविरोधी या राष्ट्रियता विरोधी भनेर बिल्ला लगाउनु तर्कसंगत मान्न सकिन्न । किनकि संविधानमार्फत हामीले जुन बहुलवादसहित लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणाली अपनाइरहेका छौ त्यसको स्थापना र विकासमा दुवै वामपन्थी दलको भूमिका कांग्रेसको भन्दा कम थियो भन्न मिल्दैन ।

संविधानले परिकल्पना गरेका राजनीतिक मूल्यको सीमाभित्र बसेर बन्ने गठबन्धनबारे चिन्ता लिइरहनु जरुरी पनि छैन । यस्ता गठबन्धनमध्येबाटै छनोट गर्ने अधिकार जनतालाई भएकाले ठीक—बेठीक छुट्याउने र असललाई छनोट गर्ने जिम्मेवारी जनतालाई नै दिनु र जुनसुकै गठबन्धनलाई पनि प्रजातान्त्रिक अभ्यासका रूपमा स्विकार्नु नै उचित देखिन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan