Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवादस्पद भट्टराईको प्राइममा यस्तो हर्कत !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं । प्राइम लाइफ इस्योरेन्स कम्पनी लिमिटेडका सिइओ मनोज कुमार भट्टराईलाई हटाउने तयारी भएको छ ।

खेतान लगायतका माडवारीहरुको लगानी रहेको प्राइम लाईफमा भट्टराई गएपछि डिजिएम लगायतका कर्मचारीले जागिर छाडेका छन् ।

यूनियनको चर्को दवाव पाएका सिइओ भट्टराईले यो वीचमा कम्पनी सुर्धान नसकेको र प्रगति नगरेको, कर्मचारी भेदभाव गरेको, सञ्चालक समितिले लिएको जिम्मेवारी बहन गर्न अटेर गरेको जस्ता आरोप लगाईएको छ । उनलाई बर्खास्त गर्नेबारे ब्यवस्थापन समिति बिच आन्तरिक छलफल समेत चलेको छ ।

सिइओ भट्टराईलाई बीमा समितिले पटक-पटक स्पष्टिकरण समेत लिएको र उनीले वीमा समितिको निर्देशनलाई समेत नमानेको वीमा समितिले जनाएको छ ।

हालै मात्र साधारण सभा गरि पुँजी बृद्धिको योजना सार्वजनिक भएपछि वीमा समितिले भट्टराईलाई नहटाएसम्म सोको स्वीकृति नदिने बताएको छ ।

कर्मचारी व्यवस्थापन गर्नै नसकेको, वीमा समितिको निर्देशन नटेरेको, प्रक्रिया विपरित कर्मचारी भर्ना समेत गरेको भेटिएपछि भट्टराईलाई सिइओ पदबाट हटाउने तयारी भएको हो,राजतिलकमा उल्लेख छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan