Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से सुचक तथा कारोवार रकम दुुबैमा उच्च बृद्धि (तालिका–सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० असोज । नेप्से सुचक तथा कारोवार रकम दुुबैमा उच्च बृद्धि देखिएको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से ४६ दसमलव ६२ अंकले बढेर १५ सय ६४ दसमलव ९० अंकमा कायम रहेको छ भने सेन्सिटिभ १० दसमलव २१ अंकले बढेर तीन सय २९ दसमलव ४१ अंकमा पुुगेको छ ।

कुुल एक सय ६३ कम्पनीहरुको चार हजार चार सय वटा कारोवारमा १४ लाख ५६ हजार छ सय ३७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६० करोड ५० लाख ७६ हजार दुुई सय ४२ रुपैयाँ पुुगेको छ ।

आठ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ बाहेक सबै समुहको कारोवार सुचक बढेको छ । बाँणिज्य बैक समुहको सुचक ४८ दसमलव ६६ अंकले बढेर १३ सय ५३ दसमलव १३ अंकमा कायम रहेकोमा २८ करोड २४ लाख २४ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

बीमा समुहको सुचक दुुई सय ६४ दसमलव ७५ अंकले बढेर आठ हजार पाँच सय ३८ दसमलव पाँच अंकमा कायम रहेकोमा नौ करोड ७६ लाख नौ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ ।

बिकास बैंक समुहको सुचक ५७ दसमलव ३६ अंकले बढेर १९ सय नौ दसमलव ५४ अंकमा कायम रहेकोमा आठ करोड नौ लाख ३७ हजार नौ सय रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुचक पनि आज ५२ दसमलव ५५ अंकले बढेर १८ सय ५१ दसमलव ९५ अंकमा कायम रहेकोमा पाँच करोड ३५ लाख ३१ हजार छ सय रुपैयाँको कारोवार भएको छ ।

होटल, फाईनान्स र अन्य समुहको सुचक पनि आज बढेकाछन । ट्रेडिङ समुहको सुचक भने आज घटेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा कर्णाली बिकास बैक अग्रस्थानमा परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज बैंक अफ काठमाडौ परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
१  कर्णाली बिकास बैंक      २७६ ९.९६
बेष्ट फाईनान्स       १५२ ९.३५
एनबी इन्स्योरेन्स      १२०१ ९.१८
४  महिला सहयात्रा बित्तीय संस्था   ११०२   ८.०४
५  वल्र्ड मर्चेन्ट फाईनान्स      १४३ ७.५२

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
बिशाल बजार कम्पनी     २०९४   २.३३
प्राईम बैंक (संस्थापक)     २५०   १.९६
३  देव बिकास बैंक (संस्थापक)      १५२ १.९३
 नेशनल लाईफ इन्स्योरेन्स (संस्थापक)     ११७२ १.९२
रिलायवल माईक्रो फाईनान्स     १८९१  १.७६

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम   कारोवार भएको रकम अन्तिम मुल्य
बैक अफ काठमाडौ     १०८५३४७०६ ४४५
बुुटवल पावर कम्पनी     २५२४८२१० ६४६
चिलिमे हाईड्रो पावर     १९५५१०७३  ८६५
प्रभुु इन्स्योरेन्स कम्पनी     १९२७८६४५ ११७२
५  नेपाल लाईफ इन्स्योरेन्स   १८३९४७७६ २०२३

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan