Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विजय गच्छदारलाई साधारण सदस्य नहरने गरि निष्कासित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० भदौ । नेपाल लोकतान्त्रीक फोरमका अधिकाश केन्द्रिय सदस्यहरु काँग्रेसमा सहभागि नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा, नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारुले यस्तो बताएका हुन।

सह–अध्यक्ष शिवलाल थारुले भने,‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ति सबै हल्ला हुन, हामी यहि पार्टीबाट कानुनले दिएसम्म चुनाव लड्छौँ, यदि मिलेन भने स्वतन्त्र मैदानमा उत्रिन्छौँ।’

थापाले अघि थपे,‘विजय कुमार गच्छदारले बहुत गल्ति गर्नु भयो, आगामी दिनमा उहाँले चाहे अनुसारको काँग्रेसमा स्थान मिल्दैन, त्यतिखेर उहाँ आफ्नै पार्टीमा फर्किनु हुन्छ, हामीले स्वागत पनि गर्नेछौँ।’

मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि हाम्रो पार्टी रहिरहने भन्दै थापाले भने,‘गच्छदारले पार्टीको नियम, निती, निर्देशन, विपरित काम गर्नु भएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका छौँ।’

पार्टीले जारि गरिएको विज्ञप्तीमा भनिएको छ,‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंत्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ।’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan