Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छ सय करदाता कारबाहीमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार
newsabhiyan

 काठमाडौं,३० असोज, (रासस) : आन्तरिक राजस्व विभागले आफूअन्तर्गतका कार्यालयमार्फत बजार अनुगमनलाई तीव्रता दिएको छ ।

विभागअन्तर्गत ३६ कार्यालयबाट गत भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट तीन तीन टोली परिचालन गरिएको विभागले जनाएको छ । भदौ २७ देखि हालसम्म कारोबारस्थलमै गरिएको आकस्मिक अनुगमनमा ४४२ टोलीबाट तीन हजार ९०५ करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ६१५ करदातालाई जरिवाना तथा अन्य कानुनी कारबाही गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोबार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरिएको छ । अनुगमन टोलीले नक्कली स्टिकर र अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरण पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोबार गरेको, घरबहाल कर दाखिला नगरेको, बिलविजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकाले कारबाही गरिएको आयोगले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan