Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल टुरमा जूनकिरी, बिराटनगरबासीको अपार माया

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं ।  पछिल्लो समयकी रंगकर्ममा चर्चामा रहेकी प्रतिभा हुन्, नानी थापा ।

सिन्धुपाल्चोकको भुकम्पपिडित माझी बस्ती निर्माणमा सहयोग गर्ने सामाजिक सहित उनको एकल नाटक जूनकिरी नेपाल टुरको शिलशिलामा बिराटनगर गुरुकुलमा मन्चन असोज २८ र ३१ गते १२ र ४ बजे मन्चन भैरहेको छ ।

उनको एकल लेखन,निर्देशन र अभिनय रहेको शो नाटकले उनको सम्भावनाबारे देश भरिका विविध क्षेत्रका र बिराटनगरका समेत लब्धप्रतिष्ठित व्यक्तिहरुले पनि खुलेरै प्रशंशा गरेका छन् ।

यसअघि उनको एकल लेखन, अभिनय र प्रस्तुतिमा ४ वटा एकल नाटक प्रदर्शन भइसकेको छ। 

यो जूनकोरी पाँचौ एकल नाटक हो र छैटौं एकल नाटक "जिन्दगी जिन्दावाद" चाँडै नै मन्चन हुँदैछ ।

जूनकिरीका बारे

सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यस्की पात्र स्वयम् जूनकिरी र आकाशकी जून जो दुबै सुर्यको उज्यालोमा भन्दा पनि बरु अन्धकार रातमा बढी चम्किन्छन र अस्तित्व प्राप्त गर्दछन । 

उनीहरुबिचको यहि समानताहरु र केही भिन्नताहरुलाइ बिम्बको रुपमा प्रस्तुत गर्दै एउटी सामान्य गाउँकी युवती कसरी व्यवसायिक हाइ प्रोफाइल कल गर्ल हुन पुग्छे र एक दशक जीवनकालको यात्रामा उसंग जोडिएका र छुट्टिएका केही पात्रहरुको कथा पनि संगसंगै बुन्दै लैजान्छे । 

एक आँटिली र बिद्रोही स्वभाबकी पात्र जूनकिरी नाटकभित्र महिला शसक्तिकरणको एउटा दरिलो संदेश बोकेर जूनकिरीले पुरै समाज, कानून, राज्य व्यवस्था र विश्व समुदायलाइ नै कडा व्यंग्य गर्दै चुनौती दिन पनि पछि हटेकी छैन भने कथाभित्र आमा बाबा र आपूmले प्रेम गरेको युवकको लागि जूनकिरीको अत्यन्तै उदार प्रेम र समर्पणको भाव नाटकभित्र छताछुल्ल पोख्ने कोसिस पनि गरिएको छ ।

साहित्यमा रुचि भएकी जूनकिरीले नाटकभित्र गीत, नृत्य,कबिता लगायत हास्य, करुण, श्रृङगार, विर, रौद्र, विभत्स, भयानक लगायत लगभग अभिनयका नौ ओटै रसहरुबाट पात्रको मनोबैज्ञानिक विचलन नाटक जूनकिरी मार्फत देखाइएको छ ।

नाटककी पात्र जूनकिरीले हाम्रै वरिपरि भैरहेको र हामीले दैनिक जीवनमा देखिरहेका, सुनिरहेका,भोगिरहेका र अनुभव गरिरहेका घटना र पात्रहरुको प्रतिनिधि भएर घटनाहरु लाई जीवन्त रुपमा रङ्ग मन्चन गर्ने भरपुर प्रयत्न गर्दछे ।

आधुनिक युवा पुस्ताहरुको सोच र अनेकन् भ्रमहरुलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने बिभिन्न समस्याहरुलाइ उनिहरु स्वयं, परिवार र समाजले सही ढङ्गले समाधान र सम्बोधन गर्नुपर्ने लगायत सामाजिक विभेद र बेथितीको बिरुद्धमा सॉंचिकै जूनकिरीले झैं ज्योती छर्दै नाटक निकै शसक्त रुपमा प्रस्तुत भएको छ ।

अतः जुनकिरी त्यो नाटक हो जस्लाई हरेक तप्का र तहका हरेक बर्गले एकपटक हेर्नै पर्दछ । यस नाटक गत साल २०७३ भाद्रमा ११ शो मञ्चन गरिएको थियो जुन गुरु अशेष मल्ल प्रति गुरुदक्षिणाको स्वरुप समर्पित गरिएको थियो ।

यस पटक भने उही नाटक जूनकिरीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगा चोक गढी नगरपालिका वार्ड नं। १४ स्थित ५६ घर भूकम्प पिडित माझी परिवारलाई लक्षित गरि स्वेताश्री फाउन्डेसनले संचालन गरिरहेको एकिकृत माझी बस्ति बिकास परियोजनाको लागि आर्थिक सहयोग जुटाउने सामाजिक सोचले २०७४ भदौ १७ गतेदेखि पुनः मञ्चन गर्न लागिएको हो ।

नानीको  रङ्गयात्रा

नानी थापाले बाल कलाकारको रुपमा १० बर्षकै उमेरदेखी नाटक गर्न थाल्नुभएको हो भने सडक र स्टेज नाटकहरु लेख्ने, निर्देशन गर्ने र अभिनय समेत गर्दागर्दै १४ बर्षको उमेरमै आफ्नो पहिलो एकल नाटक पुतली मन्चन गरिन् ।  बेचिएकी चेली, बिद्रोह, अ ब्युटिफुल वुमन हुँदै पाँचौ एकल नाटक जूनकिरी गत बर्ष सर्वनाम थियटरमा मन्चन गरिएको थियो भने छैटौँ एकल नाटक जिन्दगी जिन्दावाद तयार भैसकेको छ ।

त्रिभुवन बिश्वबिद्यालयबाट नाटक,सामाजिक कार्य र कानुनमा स्नातक गरि  मनोबिज्ञान र राजनिती शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी उनी अहिले पुर्वान्चल बिश्वबिद्यालयबाट कानुनमा स्नातकोत्तर गर्दै छिन्  । सामाजिक न्यायको क्षेत्रमा कार्यरत उनका  नाटकहरुमा पनि बिशुद्द सामाजिक बिषयवस्तुकै कथाहरु नै बढी हुने गर्छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan