Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनबी बैंकको सन्ध्याकालीन काउन्टर सेवा नाम मात्रको

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं,  ३१ असोज। बैंक तथा फाइनान्स कम्पनीहरुले आफूलाई ग्राहकमुखी भएको देखाउनकै लागि तीन सय ६५ दिने बैंकिङ सेवा सुरु गरेका हुुन् । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंक र अन्य केही विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि तीन सय ६५ दिने सेवाअन्तर्गत सार्वजनिक विदा र चाडपर्वका दिनहरुमा समेत काउन्टर खोलेर सन्ध्याकालीन सेवा दिइरहेका छन् ।

सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेपश्चात् बैंकहरुले यस्तो सेवा दिनथालेका हुुन् । बैंकहरुले दिने यस्तो सेवाबाट ग्राहकहरु प्रत्यक्ष वा अप्रत्यक्षरुपमा लाभान्वित रहेका छन् । तर यसको बाबजुद पनि नेपाल बंगलादेश बैंकले भने तीन सय ६५ दिने सेवाको नाउँमा नाम मात्रको सन्ध्याकालीन काउन्टर सेवा दिने गरेको तथ्य फेला परेको छ । एनबी बैंकको उपत्यकाभित्र र बाहिर गरी चार दर्जनभन्दा बढी शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

तर एनबीले काठमाडौंको बिजुुली बजारमा रहेको मुख्य शाखाबाट मात्र सन्ध्याकालीन सेवा दिने गरेको छ । सामान्य दिनहरुमा १० देखि ५ बजेसम्म बैंक खुुले पनि १० बजेदेखि तीन ३० बजेसम्म मात्र बैंकिङ सेवा दिने गरेको एनबी बैंकले शनिबार र अन्य सार्वजनिक विदाका दिनमा १२ बजेदेखि ३  बजेसम्म मात्र सन्ध्याकालीन सेवा दिने गरेको छ । तीन सय ६५ दिन नै सेवा दिइरहेको भनिए पनि एनबी बैंकको अन्य शाखाहरु विदाका दिनमा खुल्दैनन् ।

एनबीबाहेक नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, प्रभुु बैैंक, हिमालयन बैंक आदिले भने प्रभावकारी रुपमा सन्ध्याकालीन सेवा दिइरहेका छन् । सामान्य दिनहरुमा ९ः३० देखि ३ः३० सम्म बैैंकिङ सेवा दिने गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना अधिकांश शाखाहरुबाट शनिबार र अन्य सार्वजनिक विदामा ३ः३० बजेदेखि ६ बजेसम्म सन्ध्याकालीन सेवा दिइरहेको छ ।

सामान्य दिनहरुमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बैंकिङ सेवा दिने गरेको एभरेष्ट बैंकले पनि सन्ध्याकालीन सेवाअन्तर्गत ३ बजेदेखि ६ बजेसम्म सेवा दिने गरेको छ । एभरेष्ट बैंकले मुख्य बजार क्षेत्र, पयर्टकीय क्षेत्रमा रहेका आफ्ना शाखामार्फत यस्तो सेवा दिने गरेको  ,आर्थिक दैनिकमा खबर छ ।

यीबाहेक अन्य वाणिज्य बैंकहरुले पनि मुख्य व्यापारिक केन्द्र, पयर्टकीय क्षेत्र, राजस्व संकलन गर्ने शाखाहरु सार्वजनिक विदा तथा अन्य चाडपर्वहरुरुम पनि खुल्ला राख्ने गरेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan