Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन महिनामा ८४ करोड ९२ लाखको बोनस सेयर सूचीकरण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं,  ३१ असोज। नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामासम्ममा ८४ करोड ९२ लाख ४३ हजार छ सय ७५ रुपैयाँबराबरको बोनस सेयर सूचीकरण भएको जानकारी दिएको छ ।

बोर्डका अनुसार असोज मसान्तसम्म दुुई बीमा कम्पनी, दुुई विकास बैंक, दुुई लघुवित्त विकास बैंक, एउटा फाइनान्स र साल्ट टे«डिङ लिमिटेड समेतको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ८४ लाख ९२ हजार चार सय ३६ दशमलव ७५ कित्ता बोनस सेयर सूचीकरण भएको हो ।

यसअवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको १६ दशमलव सात प्रतिशतको अनुपातमा ४५ करोड ७५ लाख ९४ हजार एक सय रुपैयाँबराबरको ४५ लाख ७३ हजार नौ सय ४१ कित्ता बोनस सेयर सूचीकरण भएको छ । भार्गव विकास बैंकको पनि २० प्रतिशतको अनुपातमा दुुई करोड ४० लाख रुपैयाँबराबरको दुुई लाख ४० हजार कित्ता सेयर सूचीकरण भएको छ । बोर्डका अनुसार सेती फाइनान्सको पनि नौ प्रतिशतका दरले ५७ लाख १० हजार आठ सय रुपैयाँबराबरको ५७ हजार एक सय आठ कित्ता बोनस सेयर सूचीकरण भएको छ ।

जनउत्थान सामुुदायिक लघुवित्त विकास बैंकको पनि २० प्रतिशतको अनुपातमा ४० लाख रुपैयाँबराबरको ४० हजार कित्ता बोनस सेयर सूचीकरण भएको हो । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ६५ प्रतिशतको अनुपातमा तीन करोड २५ लाख रुपैयाँबराबरको तीन लाख २५ हजार कित्ता बोनस सेयर सूचीकरण भएको हो । यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडको २४ दशमलव ८० प्रतिशतको अनुुपातमा २६ करोड ५२ लाख २४ हजार तीन सय ७५ रुपैयाँबराबरको २६ लाख ५२ हजार दुुई सय ४५ दशमलव ७५ कित्ता बोनस सेयर सूचीकरण भएको छ ।

धितोपत्र बोर्डका अनुसार गुराँस लाइफ इन्स्योरेन्सको पनि आठ प्रतिशतको अनुपातमा चार करोड ४० लाख रुपैयाँबराबरको चार लाख ४० हजार कित्ता बोनस सेयर सूचीकरण भएको छ । साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको पनि २० प्रतिशतको अनुपातमा एक करोड ६४ लाख १४ हजार चार सय रुपैयाँबराबरको एक लाख ६४ हजार एक सय ४४ कित्ता बोनस सेयर सूचीकरण भएको छ । आर्थिक दैनिकबाट


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan