Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचन आयोगका कारण प्रहरीमा हंगामा, अनेक घुसकाण्डको नालीबेली यस्तो !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीका आईजीपीका लागि सरुवा र बढुवा सबैभन्दा ठूलो टाउको दुखाईको विषय बन्ने गरेको छ । एक वर्षदेखि इन्सपेक्टर रिक्त पदमा बढुवा हुन सकेको छैन । बढुवामा नेताहरुको अत्याधिक दबाब आएपछि आईजीपीले पद रिक्त राखेर आफ्नो असक्षमता देखाएका छन् । जसबाट बढुवाका आकांक्षी सइहरु निराश भएका छन् ।

सईको बढुवा जस्तै इन्सपेक्टरकोे सरुवामा समेत त्यस्तै दबाब आएको छ । कतिसम्म निर्वाचन आयोगबाट समेत इन्सपेक्टर सरुवाका लागि छुट्टै सूची आएको छ । एकातर्फ नेताहरुबाटै सयौंको सूची आएको अवस्थामा सरुवा सहमति दिनुअघि निर्वाचन आयोगबाट छुट्टै सूची आएपछि इन्सपेक्टर सरुवा पनि अन्योलमा परेको छ ।

स्रोतका अनुसार आयोगमा आचारसंहिता हेर्ने आयुक्त सुधीरकुमार शाहले इन्सपेक्टर सरुवाका लागि सिफारिस पठाएका हुन् । निर्वाचन आचारसंहिता लागेकाले सरुवा सहमतिका लागि आफ्ना व्यक्तिहरुलाई राम्रो ठाउँमा सरुवाका लागि आयोगका अधिकारीहरुले सिफारिस गरेका हुन् ।

अर्कोतर्फ यही बेला गृहमन्त्री जनार्दन शर्माको समेत पद धरापमा परेपछि इन्सपेक्टर सरुवा पथ लम्बिने भएको छ । गृहमन्त्री शर्माले आफ्ना भतिजा बसन्त शर्मालाई दुई महिनाअघि नै काजमा वडा प्रहरी कार्यालय बैदाम पठाइसकेका छन् । शर्मा असुलीका कारण विवादमा आइसकेका छन् ।

इन्सपेक्टर इन्चार्ज हुने सबैजसो कार्यालयमा उनै शर्माले सिफारिस गरेपछि प्रहरी मुख्यालयले सरुवा गर्न सकेको थिएन । तर, अहिले अब गृहमन्त्री नै हट्ने अवस्था भएपछि प्रकाश अर्यालले नयाँ गृहमन्त्रीलाई खुशी बनाउन सरुवा नगर्ने भएका छन् ।

यो पनि पढुनुहोस् :  प्रहरीका ठेक्कामा मिलेमतो, सशस्त्र आईजीपी पनि जेलको बाटो रोज्दै

प्रहरीमा अनेक घुसकाण्ड
प्रहरीभित्र बढ्दो राजनीतिक हस्तक्षेप र कमजोर नेतृत्वका कारण भ्रष्टाचार मौलाउँदै गएको छ । खासगरी उपयत्काका प्रहरी कार्यालयहरुमा असुली बढेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी नवीनकृष्ण भण्डारीसहित असई चन्द्रसिंह भाट र हवल्दार मनोज यादव पाँच लाख घुसकाण्डमा प्रहरी हिरासतमा पुगिसकेका छन् । त्यस्तै किसिमका अन्य घुसकाण्डहरु भने गोप्य छन् ।

ललितपुर प्रहरीमा पनि एउटा डरलाग्दो घुसकाण्ड भएको छ । प्रहरीभित्रै छानविन सुरु भएको छ । ललितपुर प्रहरीले क्याफेबाटै लागूऔषधको कारोबार गर्ने एक युवकलाई आर्थिक लेनदेनको आधारमा प्रहरीले छाडिदिएको छ । ललितपुरको चाकुपाटस्थित मेगा मग क्याफेका सञ्चालक अभिजित शाक्यसहित तीन जनालाई प्रहरीले आर्थिक प्रभावमा परी कारबाही नगरी छाडेको हो ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकले असोज ९ गते शाक्यसहित उनको क्याफेका कामदार योदिन कार्की र लागूऔषध दुव्र्यसनी विराज भण्डारीलाई पक्राउ गरेको थियो । प्रभागले मुद्दा चलाउन महानगरीय प्रहरी परिसर ललितपुरमा पठाएकोमा तीनै जना ११ गते नै छुटेका हुन् ।

सर्च एन्ड सिल अप्रेसनका भण्डारीलाई प्रहरीले पिम्बालपोखरीबाट ४५ ग्राम पोल्यान्ड नामक चरेसजस्तै लागूऔषधसहित पक्राउ गरेको थियो । सोधपुछका क्रममा मेगा मग क्याफेमा किनेको बताएपछि प्रहरीले क्याफेका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको हो । शाक्यका साथबाट थप करिब २ सय ग्राम लागूऔषध भेटिएको थियो । पलङभित्र पोका पोका बनाएर बिक्री गर्न राखिएको अवस्थामा थप लागूऔषध भेटिएको थियो ।

स्रोतका अनुसार ललितपुर परिसरको मुद्दा शाखामा कार्यरत इन्सपेक्टर हर्क विकले  सेटिङ मिलाएर उनीहरुलाई छाडेका हुन् । विक बदनाम प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । ललितपुरका दर्जनौं रेष्टुरेन्टमा उनले लाखौं रुपैयाँ रक्सी खाएको तिर्न बाँकी छ ।

पुल्चोकका एक चिया पसलेलाई मात्र उनले ४२ हजार ठगेका छन् । हरेक मुद्दामा उनले पैसा माग्ने गरेको स्रोत बताउँछ । उनलै मुद्दा शाखाका इन्चार्ज रहेका डिएसपी नरेन्द्र चन्द र एसएसपी गणेश ऐरलाई समेत प्रभावमा पारी सेटिङ मिलाएर कारोबारीलाई छाडिदिएको स्रोत बताउँछ । एसएसपी ऐर पनि सेटिङमा खप्पिस प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

यो पनि पढुनुहोस् :  प्रहरीमा अचाक्ली : यी प्रहरीलाई कसको संरक्षण ?

​एमबिबिएस चिट चोरीमा एसपी नै संलग्न
मेडिकल क्षेत्रमा अपराधिकरण र माफियागिरी बढ्दै गइरहेको छ । सम्बन्धनदेखि विद्यार्थी भर्नासम्ममा मेडिकल क्षेत्रमा ठूलो चलखेल हुँदै आएको छ ।

यही बेला अर्को डरलाग्दो पाटो प्रहरीले बाहिर ल्याइदिएको छ । माफिया समूहले चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०मा नै छात्रवृत्तिमा नाम निकालिदिने खुलेको छ । एमबिबिएसको प्रवेश परीक्षामा गोप्य रुपमा चिट चोराएर शतप्रतिशत मिलाई उनीहरुले नाम निकालिदिने गरेका हुन् ।

कानमा गोप्य म्याग्नेटिभ डिभाइस राख्ने र फोन गरी सबै प्रश्नको उत्तर फोनमै टिपाएर चिट चोरी हुने गरेको हो । जसमा संलग्न १८ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । जसमा यस्ता कुरा खुल्यो जसबाट प्रहरी अधिकारीहरु नै चकित बनेका छन् ।

किनकि त्यसरी चिट चोराउने धन्दामा नेपाल प्रहरीका एक एसपी नै संलग्न थिए । एसपी सुदीपराज भण्डारीले त्यसरी सो गिरोहलाई पैसा बुझाएर छोरा विकासका लागि चिट चोराएका थिए । शनिबार पक्राउ परेका ६ जना विद्यार्थीमध्ये एक एसपी भण्डारीका छोरासमेत छन् । एसपीकै छोरा परेपछि विकाससहित सबै विद्यार्थीलाई प्रहरीले छाडिदिएको छ ।

अपराध महाशाखाले गिरोहका नँइके समिर झासहित १२ जनाविरुद्ध भने मुद्दा अघि बढाएको छ । गिरोहका नाइके समिर झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, संजयकुमार यादव, सुविशदेव र सौभरकुमारलाई विद्युतीय कारोबार ऐनअनसार कारबाही अघि बढाएको हो । ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई शिक्षा ऐअनुसार कारबाही अघि बढाइएको छ, दृष्टिमा उल्लेख छ  । 

संगठित रुपमा नै झाको गिरोहले कानभित्र लुकाइने गोप्य डिभाइसमार्फत् चिट चोराएको थियो । प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लिएर उनीहरुले चिट चोराउँदै आएका थिए । प्रश्नपत्र पहिले नै गिरोहले पाएकोमा भने यसमा आईओएमको समेत संलग्नताको आशंका गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan