Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवा खेल्ने वडाध्यक्ष पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

देबराज सुबेदी, सिन्धुपाल्चोक, ३१ असोज । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर तामाङलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेलिरहेका तामाङलाई हिजो राति अँधेरीमा रहेको जुवाखालबाट १ लाख १५ हजार ८ सय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । माओवादी केन्द्रबाट निर्वा्चित वडाध्यक्ष तामाङले पहिले आफ्नो नाम ढाँटेर विजय तामाङ भनेका थिए ।

सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बृद्ध र बिधवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । माओवादी केन्द्रका जिल्लास्तरीय प्रभावशाली नेता मानिने तामाङको पक्राउपछि पार्टीले पनि छानविन थालेको स्रोतले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan