Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागलुङमा एक लाख ६८ हजार मतदाता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan

बागलुङ, ३१ असोज । जिल्लामा मतदाता संख्या एक लाख ६८ हजार ३४९ रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ११ हजार ५४७ मतदाता थपिएका छन् । गत वैशाखमा स्थानीय तह चुनाव हुँदा एक लाख ५६ हजार आठ सय दुई मतदाता थिए । निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म मतदाता नामावली दर्ताका लागि तोकेको समयमा नयाँ मतदाता थपिएका हुन् ।

जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा सबैभन्दा बढी तीन हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताउनुभयो । सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका छन् ।

थप भएका मतदातामध्ये महिला पाँच हजार ४१८ र पुरुष छ हजार १२९ छन् । जिल्लाका मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश चुनावमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan