Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्तिक पाँच गते छ अर्बको बिकास ऋणपत्र २०८१ निष्काश हुने (पत्र–सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ असोज । यही कार्तिक पाँच गते नेपाल राष्ट्र बैंकले छ अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ ।

बाँणिज्य बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने गरी सात बर्षिय अवधिको “विकास ऋणपत्र २०८१ क” बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिदको लागि सोही दिन अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुु पर्ने छ । परिपक्व हुने बिसं २०८१ कार्तिक छ गते रहेको छ । अर्ध बार्षिक रुपमा व्याजदर भुक्तानी हुुने सो ऋणपत्र धितो राखेर राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुसंग कर्जा समेत निकाल्न सकिने छ ।

खरिदकर्ताहरु मध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात चार अर्ब ८० करोड र एक अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ ।

राष्ट्र बैकका अनुसार खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर ऋणपत्र खरिद गर्न सक्नेछन । ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्फत हुुने छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan