Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देउवाले थन्क्याउने भनेपछि हिडे यी मन्त्रीहरु ! (बाहिरिने मन्त्रिहरु यीहुन् )

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं,३१ असोज । नेकपा (माओवादी) केन्द्रले मंगलबार सरकार छाड्ने भएकाछन्।

सरकारबाट बाहिरएको औपचारिक घोषणाका लागि माओवादीतर्फबाट नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

यस्तै गृहमन्त्री जनार्दन शर्माले दिउँसो मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरेर सरकारबाट बाहिरिने भएकाहुन् ।

पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट मन्त्री थपेर सरकार विस्तार गरेपछि माओवादीलाई सरकार छाड्ने नैतिक दबाब परेको हो ।

गत शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित ८ जनालाई मन्त्रिपरिषद्‌मा थप गरेका थिए ।

मंगलबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि समसामयिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीसँगको छलफलपछि दाहाल आफ्ना मन्त्रीहरुलाई सरकार छोड्ने लगाउने मुडमा पुगेका हुन् । 

माओवादीले नछाडे उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाविभागीय बनाउने देउवाको तयारी थियो । 

शनिबार दाहाल निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्र सचिवालय बैठकले भने सरकारलाई दिएको समर्थन यथावत राख्दै मन्त्री फिर्ता नबोलाउने निष्कर्ष निकालेको थियो ।  

माओवादी केन्द्रका मन्त्रीहरुले दिए राजिनामा
 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाउने तयारी गरेपछि माओवादी केन्द्रका मन्त्रीहरुले आजै राजिनामा दिने भएका हुन् । 

देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई थन्क्याउने भनेपछि उनिहरुले सत्ताछाड्ने निणयमा पुगेको बुझिएको छ । 

बाहिरिने मन्त्रिहरु यीहुन्  
कृष्णबहादुर महरा
जर्नाजन शर्मा
गिरिराज पोख्रेल
शिब मण्डल
टेब ब. बस्नेत 
आशा खनाल
महेन्द्र ब. शाही 
सन्तकुमार थारु चौधरी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan