Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टिप्पणी : हाम्रो राष्ट्रवाद किन भारतवाद ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३१ असोज । स्मार्ट लाइसेन्स भारतले छाप्नुपर्ने, सीमापारिबाट दूध आयात गरेर स्वदेशी दूध खेर फाल्नुपर्नेसम्मका स्थितिले नेपाल भारतीय बजार हो भन्ने त बुझिएकै हो, आजदेखि सुरु भएको दीपावलीको अवसरमा कलकत्ताको हाउडाको पूल मुनीबाट ३ अर्वको फूल आयात गरेर नेपाल भित्रिन थाल्नुले हामी र हाम्रो स्वाभिमान, आत्मनिर्भरता सबै भारतवादमा परिणत भइसकेको खुलासा हुनपुगेको छ ।

पहाड नांगो हुनथालेको छ, मधेस जर्जर हुँदैछ कारण कामगर्ने जनशक्ति खाडीतिर दगुर्नाले हो । यी जमिनमा फूल उमार्न, फुलाउन सकेको भए भारततिर खर्च गर्ने पैसा बचत हुनेथियो ।

सियोसम्म बनाउन नसक्ने देशका नेताहरु काजु खाएर ¥याल काढिरहेका छन्, आम नागरिक भारतीय आयातित बस्तुमा निर्भर हुनथालेका छन् ।

यसपालीको दशैंमा खशीसमेत भारतबाट आयात गरियो । दाल, चामल, नुन, लत्ताकपडा केही पनि हामीसँग छैन । भएका उद्योगधन्दा बेचेर, तालाबन्दी गरेर राजनीतिको बेदीमा चरु होमेजसरी होमिरहेका छौं र हरेक चिज भारतबाट आयात गरिरहेका छौं ।

त्यसैले १२ खर्बको बजेट भएको मुलुकमा भारतसँग ९ खर्बको व्यापार घाटा पुगिसकेको छ ।

अर्थविदहरु, समाजशास्त्रीहरु किन बोल्दैनन् ? बुद्धिको कमी छैन, नागरिक समाज पनि छ, सबैले मुखमा मुखबुजो लगाएर बसेका छन् । यति धेरै राजनीतिकरण भएकै कारण नेपाल राजनीतिक खियाले खान थालिरहेको छ ।

यो पनि पढ्नुहोस् । 

तिहारलाई पनि भारतीय मालाकै भर, बर्षेनी करोडौं रुपैयाँ भारततिर जाने

भारतीय दूधले नेपाली व्यवसायी समस्यामा: प्रत्येक दिन हजार लिटर दूध

भारतीय कम्पनीले छाप्दैछ नेपालको स्मार्ट लाइसेन्स

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan