Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वमन्त्री आचार्यको निधनमा दुःख व्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan

काठमाडौँ, ३१ असोज (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापक नेता एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा जारी गरिएको शोक वक्तव्यमा शोकसन्तप्त परिवारमा पीडालाई धैर्यधारण गर्न सक्ने क्षमताको कामना गरिएको छ ।

आचार्य कुशल नेतृत्व भएको नेता भएको उल्लेख गर्दै वक्तव्यमा मुलुकले राष्ट्रवादी नेता तथा पार्टीले मिलनसार र संघर्षशील अभिभावक गुमाएको भनिएको छ ।

अर्बुद रोगले पीडित आचार्यको ८० वर्षको उमेरमा निधन महाराजगञ्ज, कपनमार्ग निवासमा आज बिहान ३ बजे निधन भएको हो । उहाँको पार्थिव शरीर धूम्रबराहिस्थित पार्टी कार्यालयमा अपराह्न २ देखि ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखी साँझ अन्त्येष्टि गरिने सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री थापाले आचार्यको निवास पुगेर श्रद्धाञ्जलि दिनुभएको थियो । आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan