Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिला बुरुक्क पछि लुत्रुक्क, प्रचण्डको प्रपञ्च यस्तो !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ असोज । वामपन्थी गठबन्धनसँगै नेकपा एमालेसँग पार्टी एकीकरणको चरणसम्म पुग्ने सहमति गरेपछि नेकपा माओवादी केन्द्रका नेता तथा १ नम्बर प्रदेशका इञ्चार्ज गोपाल किराँतीले माओवादी छाड्ने घोषणा गरे ।

यो एकीकरण प्रक्रियाको विरोध उनले मिडिया र सार्वजनिक ठाउँमा मात्र गरेनन्, माओवादी हेडक्वार्टरसम्म पनि पु¥याए । उनको त्यो घोषणा नयाँ पार्टी गर्ने, माओवादीको सैद्धान्तिक सहमतिको विरोधमा या एकताको विपक्षमा भन्दा पनि एकीकरणपछिको आफ्नो पदिय हैसियतको ‘बार्गेनिब’ थियो ।

किराँतीको उक्त घोषणाले वाम एकीकरण प्रक्रियामा खासै असर त गरेको थिएन तैपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको कुरा सुन्न चाहे ‘तपाईको कुरा के हो ? खासमा किन यो राजनीतिक ध्रुवीकरणको कडा आलोचना र विरोधमा उत्रिनुभयो ?’, लाजिम्पाटमा प्रचण्डनिवास छिरेका किराँतीलाई प्रश्न थियो ।

‘एमालेसँग एकीकरण गरेर कसरी अगाडी बढ्न सकिन्छ ? एमाले हाम्रो प्रमुख शत्रु होइन ?’, उनको प्रतिप्रश्नसहितको उत्तर थियो । वामपन्थी एकीकरणमा सहयोग गर्नका लागि प्रचण्डले उनलाई सम्झाउन खोजे तर किराँतीले आफ्नो हैसियत के हुने ? भन्दै पार्टी छाड्ने धम्की प्रचण्डलाई दिए । ‘यसो गर्नुहोस् तपाई आन्दोलन र क्रान्तिको बाटोमा हिँड्दा थाक्नुभयो, अब विश्राम लिनुहोस्’, प्रचण्डले किराँतीलाई जवाफ फर्काए,‘तपाईको यो थकानको उपचार भनेकै विश्राम हो ।’

वार्गेनिबका लागि लाजिम्पाट पुगेका किराँती अक्क न बक्क भए । साथमा प्रचण्डले अन्तिम मौका दिँदै भने, ‘ वामपन्थीको राजनीतिमा सक्रिय हुनुस्, वचकना कुरा गरी नहिँड्नुस् ।’ त्यसपछि किराँती लुरुलुरु माओवादीको जिम्मेबारीमा रहनेगरी फर्किए । आवेशमा उचालिने र पछि थेचारिने किराँतीका राजनीतिक उदण्डताका परिणति बनेका छन् ।

यसअघि पनि उनले कयन विषयमा यस्तो नियति भोग्नुपरेको छ । माओवादी केन्द्र शान्ति प्रक्रियाको क्रममा रहेका बेला उसको भारतसँग सुमधुर सम्बन्ध थिएन । तत्कालिन सैनिक प्रमुख रुक्माब्गत कट्वाललाई कारवाही गर्न नसक्दा सरकारबाट बाहिरिएपछि माओवादी भारतविरोधी अभियानमा सक्रिय रहेको थियो । सभा र कार्यक्रममा भारतको विरोध भइनै रहन्थ्यो ।

सोही क्रममा तत्कालिन नेपालका लागि भारतीय राजदूत राकेश सुदलाई सोलुखुम्बुमा जुत्ता प्रहार गर्ने किराँतीको उदण्डता प्रचण्डले हेर्दैमात्र आएका थिए । किराँतीको उक्त हर्कतविरूद्ध सुदले माओवादी विरूद्धका डकुमेन्ट नै तयार पारेका थिए ।

कतिसम्म भने भारतीय माओवादीसँग नेपालका माओवादीको कनेक्सन रहेको एउटा भिडियो उनले साउथ व्लकमा बुझाए । माओवादी विरोधी अभियानमा तत्कालिन भारतीय संस्थापन सक्रिय भएको थियो । ‘भारतले गोपाल किराँतीलाई निक्कै नराम्रो दृष्टिकोणमा राख्यो ।

तर, पछि उनै भारतीय पक्षधर भएर निस्किएपछि माओवादीमा टिक्न सफल भए ।’, उच्च स्रोतले भन्यो । किराँतीको उदण्डता यहाँ रोकिएन । एमालेप्रति निक्कै आक्रामक किराँतीले राजनीतिक दाउपेच गर्नका लागि ०७० को संविधानसभाको निर्वाचनमा केपी ओलीको क्षेत्रमा चुनाव लड्ने घोषणा गरी झापासम्म पुगे ।

तर, ओलीको लोकप्रियता, एमालेको सांगठनिक अवस्था र माओवादी पार्टीको दबाबका कारणले किराँती त्यहाँबाट व्याक भए । उनी फेरि थेचारिए ! पार्टीभित्र पनि बाहुन नेतालाई बढी आक्रामक शैलीमा गाली गर्ने किराँतीलाई प्रचण्डले १ नम्बर प्रदेशको जिम्मेबारीमा राख्ने निर्णय त्यतिबेला गरे जतिबेला राम कार्की सञ्चारमन्त्रीमा नियुक्त भए ।

‘यो जिम्मेबारीले उनलाई पार्टीलाई अघि बढाउने ज्ञान दिनसक्ने अनुमान गरिएको थियो । तर, उनी झन् मात्तिएको अनुभुति अध्यक्षले गर्नुभयो ।’, उच्च स्रोतले भन्यो,‘त्यही पनि लामो आन्दोलनमा सहयात्री भएका नेतालाई किन विच्काउने समझदारीमा नै अघि बढाऔं भन्दा अध्यक्षकै विरोधमा सक्रिय भए ।’ अहिले किराँती माओवादीकै सैद्धान्तिक विचार र सांगठनिक कार्ययोजनाअनुसार काम गर्ने वाचा गरेर फर्किएका छन् ।

प्रचण्डको यस्तो प्रपञ्च
वामपन्थी शक्तिको ध्रुविकरण गरी त्यसको शक्ति केन्द्रमा रहन पुष्पकमल दाहाल प्रचण्डले प्रपञ्च गरेको खुलेको छ । आगामी १५ वर्षको राजनीतिक नेतृत्व सुरक्षण गर्नका लागि ४० प्रतिशतमा पुरै पार्टीलाई एमालेकरण गरेपनि त्यसको नेतृत्व आफ्नो हातमा लिने प्रचण्डले दाउपेच खेलेका छन् । यो दाउपेचमा एकीकरणपूर्व नै प्रचण्डले गुटको बहुमतमा एमालेमा आफुलाई अब्बल सावित गरेका छन् ।

उनी अहिले नै बहुमतमा रहेका छन् । दुई लाइन संघर्षलाई समदूरीमा राखेर पार्टी सत्ता ३० वर्षसम्म निरन्तर हाँकेका प्रचण्डले एमालेभित्र पनि त्यही नीति अख्तियार गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अल्पमतमा राखेर बहुमत भएका माधवकुमार नेपाल र वामदेव गौतम पक्षमा प्रचण्ड हावी छन् ।

एमालेमा बहुमत जोगाउने गौतमलाई प्रचण्डले हात लिएका हुन् । वामपन्थी एकीकरणको गौतम प्रस्ताव स्वीकार गरेका प्रचण्डले एमालेभित्रको बहुमत सदस्यलाई आफ्नो झुकावमा राख्ने रणनीति अपनाए । ओलीलाई माइनस गर्दै माधव नेपाललाई पार्टी र वामदेव गौतमलाई सरकार जिम्मा लगाएर आफू कार्यकारी राष्ट्रपति बन्ने सहमति गरेका थिए । ‘ओलीजीको धेरै समय छैन ।

त्यसपछि हामीले चलाउने हो । म राष्ट्रपतिमा जान्छु, नेपालजी पार्टी अध्यक्ष र वामदेवजी प्रधानमन्त्री भएपछि शक्ति सन्तुलन हुन्छ । पार्टी बहुमतमा पुग्छ’, प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसो हुँदा ठूलो पार्टीमा हाम्रो प्रभाव लामै समय कायम पनि हुनेछ ।’

अहिले सार्वजनिक सञ्चारहरूमा केपी समूहका एमाले नेताहरू बाबुरामको रक्षा गरिरहेका छन् । तर, वामदेव वाम गठबन्धनको कार्यदलमा नयाँ शक्तिको प्रतिनिधि नै देख्न चाहँदैनन् । कार्यदलका बैठकहरूमा नयाँ शक्तिका सदस्य गंगा श्रेष्ठलाई अपमान गरेको नयाँ शक्तिमा चर्चा हुने गरेको छ ।

‘वामदेव अब प्रचण्डका मान्छे भइसके, माधव नेपाल समेत पार्टी अध्यक्ष बन्ने सपनामा यही समूहमा आए,’ एक वाम विश्लेषक भन्छन्, ‘बुढेसकालमा राष्ट्रपतिको झूटो सपना देखाएर धोका दिएका प्रचण्डलाई माधव नेपालले कति सजिलै बिर्सिएछन् ।’

उनले अगाडि भने, ‘एमालेमा प्रचण्डभन्दा बाबुराम मनपराउने नेता कार्यकर्ता छन्, एजेन्डाको हिसाबले पनि बाबुराम एमालेमा स्थापित हुन सजिलो छ ।’ संघीय सरकारलाई ५ वर्ष टिकाउनका लागि एकताको आधार तयार गरी अघि बढ्नुपर्ने भएकाले भविष्यको भूमिका नै बाँडफाँट गरी प्रचण्ड अघि बढेका छन्, जनप्रहारमा उल्लेख छ ।

उनले माओवादी युद्धदेखि शान्ति प्रक्रिया हुँदै विभाजन अघिसम्म पनि दुई नेतृत्व मोहन वैद्य र बाबुराम भट्टराईलाई समानान्तर चलाउँदै आएका थिए । ‘यही नीति अख्तियारी गरी एमालेसँगको एकीकरणको कुरा अघि उठाइएको हो, ओलीलाई अल्पमतमा पारी विशाल कम्युनिष्ट पार्टीको नेतृत्व हडप्ने प्रचण्डको चाल हो,’ ओली पक्षका एक नेताले टिप्पणी गरे । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan