Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विचरा देउवा ! ओली खोई ? रामचन्द्र ट्वाँ ? भावी राष्ट्रपति !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ असोज । विचरा देउवा ! वाम गठबन्धनले दिनको भोक, रातको निन्द्रा हराम  भएका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै हुस्सुपनले धेरै ठाउँमा हाँसोको पात्र बन्ने गरेका छन् । कुन कार्यक्रममा जाँदा के भाषण गर्ने भन्ने अभ्यास नै नगरी कार्यक्रमस्थल पुग्दा गत शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा देउवा हाँसोको पात्र बने ।

प्रहरी दिवसका दिन प्रमुख अतिथिका रुपमा नक्साल पुगेका प्रधानमन्त्री देउवा भाषण गर्न ‘पोडियम’ मा के मात्र पुगेका थिए, उनी नजिकका एक व्यक्तिले उनले गर्ने भाषणको कपी ‘पोडियम’ मा राखिदिए । त्यो देखेर नाकको डाडीमा झर्न लागेको चश्मालाई निधारमा टाँसेर देउवाले सोधे–यो भाषण कसले लेखेको हो ? प्रधानमन्त्रीको यो प्रश्नपछि प्रहरी महानिरीक्षक प्रकाश अर्याल आत्तिए भने अन्य प्रहरी गल्लल हाँसे ।

ओली खोई ?
प्रतिनिधिसभाको अन्तिम दिन संसद् भवन बाहिर निकै चहलपहल थियो । माननीय सदस्यहरु सेल्फी खिच्न व्यस्त थिए । दोस्रो संविधानसभाबाट संविधान आएकोमा सभामुख ओनसरी घर्तीको मुख भने उज्यालो थियो । संसद् अन्त्य भएसँगै सबै जना सामुहिक फोटोका लागि प्राङ्गणमा भेला भए ।

पदअनुसार सबै माननीय फोटो खिचाउन लाम लागे । प्रधानमन्त्री देउवा पनि सभामुख घर्तीसँगै बस्न पुगे । क्यामेरामेनले रेडी भन्नसाथ देउवाले सोधे–ओलीजी खोई त ? देउवाको प्रश्न सुनेर घर्ती पेट मिचीमिची हाँसिन् ।

रामचन्द्र ट्वाँ ?
मन्त्रिपरिषद विस्तार गरेर शेरबहादुर देउवाको चौतर्फी आलोचना भए पनि देउवालाई भने रत्तिभर चिन्ता छैन । अरु ४÷५ जना थप्न पाए हुन्थ्यो जस्तो लाग्यो रै’छ । त्यही भएर होला संसद्को अन्तिम भाषणमा देउवाले कड्किँदै प्रश्न गरे–६÷७ जना मन्त्री थप्दा कसलाई के आपत् ? केपी ओली पनि के कम ?

आफ्नो बोल्ने बेला ओलीले भने ६४ जना मन्त्रिमण्डल भन्दा प्रधानमन्त्रीलाई रिस उठ्ला । त्यसैले म भन्छु–७० भन्दा ६ कम ३ बीस चार जना मन्त्रिमण्डल के कुस्ती खेल्नका लागि बनाएको ? ओलीको जवाफ सुनेर रामचन्द्र पौडेल ट्वाँ परे, खबर दृष्टिको बक्रदृष्टिमा उल्लेख छ ।

भावी राष्ट्रपति !
संसद्लाई अन्तिम सम्बोधन भाषण गर्दा प्रधानमन्त्री देउवा धेरै ठाउँमा चिप्लिए । वाम गठबन्धनले हतास भएका देउवाले लिखित भाषण छाडेर आफ्नो मनमा लागेका कुरा बोल्न पनि भ्याए । त्यति मात्र कहाँ हो र ?

वाम गठबन्धन भाँड्न संसदको अगाडिको ‘रो’ मा बसेका नेतातिर संकेत गर्दै हाम्रो भावी राष्ट्रपति उहाँ नै हो भन्दा एमाले वरिष्ठ नेता झलनाथ खनाल मुसुक्क हाँसेको देखेर सँगै बसेका एमालेका अर्का वरिष्ठ नेता माधव नेपाल पनि अचम्म माने । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan