Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भर्सलटाइल गायिका सुशिला पाठकको 'लौ आयो तिहार रमाईलो' गीत सार्बजानिक

'लिरिकल भिडियो सहित'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,  काठमाडौं । हिन्दुहरुको दोस्रो महान चाड शुभ-दिपावलीको अवसर पारेर नेपाली सांगीतिक बजारमा विभिन्न खालको तिहार बिशेष गीतका भिडियोहरु युट्युबमा दिन प्रति दिन सार्वजनिक भईरहेका छन् ।

तिहारकै अवसर पारेर गायिका शुशिला पाठकले पनि तिहार गीत "लौ आयो तिहार रमाइलो" बोलको गीत दर्शक स्रोता सामु लिएर आएकी छिन् ।  

उक्त गीतको लिरिकल भिडियो यु-ट्युब मार्फत रिलीज गरिएको छ। अमेरिकामा रहेकी गीतकार अ्म्बिका गुरुङको शब्द रहेको उक्त गीतको भिडियो राजन कार्कीले बनाएका हुन भने गीत भबसागरले बजारमा ल्याएको हो। सो गीतको एरेन्ज तथा संगीत राजीव शाहको रहेको छ । गीतलाई युवट्युवामा सार्वजनीक गरेको केही दिन नवित्दै धेरै दर्शकहरुले हेरिसकेका देख्न सकिन्छ ।

आफुलाई गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिकाको रुपमा चिनाउन चाहन्छिन् । उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ । 

गायिका तथा मोडल शुशिला भन्छिन् नेपाली गीतसंगीत तथा संस्कृति भनेको हाम्रो सम्पति हो यसलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि हो । दर्जनौ गीतमा आफ्नो सुमधुर आवाज दिएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुन प्रयासरत गायिका शुशिलाको आवाज भने जादुमय रहेको छ ।

गायिका शुशिलाको आवाजमा मिठास त छदै छ, त्यो भन्दा अझ उनको सुन्दरताले गर्दा उनि नायिका जस्ती गायिका बन्न सफल भएकी छिन । सानैदेखि गायनमा रुची राख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष देखि बिधिवत रुपमा नै  ब्यवसायिक गायिकाको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन ।

झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक पुर्बको झापामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन प्रयासरत छन् ।

संगीतकार शिला बहादुर मोक्तान तथा मनोज राज सिवाकोटीबाट गीतसंगीत प्रशिक्षण लिएकी सुशिला छोटो समयमा नै चर्चा कमाउन सफल भएकी छन । पुर्बका हरेक कार्यक्रमा आफ्नो सुमधुर आवाज, जादुमय नृत्यका कारण अहिले गायिका पाठक चर्चाको शिखर चुलिदै गएकी छन् ।

गायिका शुशिलाको पहिलो सोलो गीति एल्बम "सप्तरंगी" केहि समयअघि सार्वजनिक भएको थियो l सो एल्बमको सार्वजनिक पश्चात गायिका शुशिला मिडियामा अत्यधिक रुपमा छाउदै आएकी छिन्  l

यो पनि पढ्नुहोस् :- गायिका शुशिला पाठकको चर्चै चर्चा: भन्छिन् यो केटीले मुस्काएर देशै खाने भई (भिडियो सहित)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan