Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुमारी पुनको घरमा छापा मार्दा जुवाडे पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ३ शुक्रबार
newsabhiyan
newsabhiyan

बाबियाचौर, म्याग्दी ३ कात्तिक (रासस) : जिल्ला प्रहरी कार्यालयले सामाजिक विकृतिको रूपमा रहेको जुवा नियन्त्रणलाई तीव्रता दिएको छ ।

बेनीका जुवा घरमा छापा मार्ने क्रममा एक हप्तायता तीनवटा जुवाघरबाट २३ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो ।

असोज २८ गते बेनीको पिपलचोकस्थित दिपशिखा होटलमा छापा मार्दा उक्त होटलका सञ्चालक लेखनाथ शर्मा समेत सातजना पक्राउ पर्नुका साथै जुवाको खालबाट रु १३ हजार र चारथान तास बरामद भएको थियो । असोज ३१ गते ९ गलेश्वरस्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुनसहित तास खेलिरहेका नौजना पक्राउ परेका थिए । उनीहरूको साथबाट नगद रू तीन हजार ८०० र चार थान तास बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कात्तिक १ गते स्थानीय कुमारी पुनको घरमा छापा मार्दा पुनसहित सात जनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको र उनीहरूको साथबाट नेपाली नोट, भारतीय नोट र जुवा खेल्न प्रयोग गरिने सिक्का समेत बरामद गरिएको थियो ।

पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक नगरेको र उनीहरू राजनीतिक कार्यकर्ता, जनप्रतिनिधिदेखि समाजका वरिष्ठ भनिएका व्यक्तिसमेत रहेको बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan