Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चोरको रोजाइमा पल्सर र एफजेड ! ,सक्कल कागजात लिएर धनी आएमा साधन बुझाइने नत्र...

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ३ शुक्रबार
newsabhiyan
newsabhiyan

दिपेन्द्र अधिकारी ,
भरतपुर । चितवन प्रहरीले विशेष सुरक्षा योजनाअन्तर्गत पछिल्लो एक महिनाको अवधिमा ३२ वटा मोटरसाइकल चोरी आरोपमा नियन्त्रणमा लिएको छ ।

त्यस्तै घटनामा संलग्न पाँच युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले बताए ।
‘हामीले बरामद गरेकोमा धेरैजसो पल्सर र एफजेड बाइक छन्’, चितवन प्रहरी प्रमुख एसपी थापाले भने, ‘अन्य जिल्लाबाट चोरी गरी चितवनमा ल्याइ बेच्ने र यहीँबाट चोरी गरी अन्य जिल्लामा पठाउने समूह नै सक्रिय रहेको पाएका छौँ ।’


पल्सरका २२०, २०० र १५० सीसीका बाइकहरु बढी चोरी भएको उनले बताए । त्यस्तै एफजेडको पछिल्लो उत्पादनहरु चोरी भएका छन् । चोरी भएका मोटरसाइकल सस्तो मूल्यमा अन्यत्र जिल्लामा लगि बेच्ने गरेको पाइएको छ । त्यस्तै यही जिल्लामा चोरिएकाहरु ग्रामीण भेगमा लगेर चलाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।


ठाउँ–ठाउँमा चोरको समूह सक्रिय हुँदा मुख्य–मुख्य नाकामा स्थानीय चोरले मोटरसाइकल कटाउने गरेको प्रहरीको भनाइ छ । बरामद गरिएकोमध्ये २२ वटा चोरीका र १० वटा भारतबाट ल्याइ नक्कली कागजपत्र बनाइ चलाएको अवस्थामा भेटिएको एसपी थापाले बताए ।


चोरका लागि पनि चोर्न सजिलो र किन्नेले पनि सस्तो मूल्यमा राम्रो बाइक पाउने भएकाले बढी चोरी हुने गरेको प्रहरीको भनाइ छ । चोरी गरिएको कतिपय मोटरसाइलकको भने आवश्यक पाटपूर्जा झिकेर किनबेचसमेत गर्ने गरेको प्रहरीले जनाएको छ ।


चोरी भएको मोटरसाइकलको सक्कल कागजात लिएर धनी आएमा साधन बुझाइने नत्र भन्सार प्रक्रियामा लैजाने एसपी थापाले बताए । चोरी भएका बाइक प्रमाणित गराइ कतिपयले बिमा दाबी गरी भुक्तानीसमेत लिने गरेका छन् । चितवन पोष्टबाट


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan