Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘कौन बनेगा करोडपति’ मा कुन देशको क्यालेन्डरमा विक्रम संवत प्रयोग हुन्छ भन्ने नजान्दा गुम्यो १२ लाख

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ४ शनिबार
newsabhiyan
newsabhiyan

एजेन्सी  ।   भारतीय टेलिभिजनमा आउने लोकप्रिय टेलिभिजन गेम शो ‘कौन बनेगा करोडपति’ मा बिहारका भास्कर पान्डेले नेपालसम्बन्धी सोधिएको एउटा प्रश्नको उत्तर नजान्दा साढे १२ लाख गुमाएका छन् ।

बलिउडका महानायक अमिताभ बच्चनले चलाउने ‘कौन बनेगा करोडपति’को बुधबार प्रसारित कार्यक्रममा भास्करले १२ वटा प्रश्नको सही जवाफ दिँदै १२ लाख ५० हजार भारतीय रुपैयाँ जितेका छन् ।

तर उनले थप एक प्रश्नको सही जवाफ दिएको भए थप साढे १२ लाख रुपैयाँ प्राप्त गर्दथे । उनलाई २५ लाखको लागि तेह्रौँ प्रश्न सोधिएको थियो, ‘कुन देशको क्यालेन्डरमा विक्रम संवतको प्रयोग हुने गर्दछ ?’ उनीसँग कुनै लाइफलाइन बचेको थिएन ।

उनले पटक–पटक नेपाल हुन सक्ने बताइरहेका थिए । तर उनी ढुक्क थिएनन् ।

त्यसैले उनले बीचमै खेल छाड्ने निणर्य गरे र जितिसकेको १२ लाख ५० हजार रुपैयाँ गुमाउने खतरा मोल्न चाहेनन् ।

जब अमिताभले ‘तपाईँले अनुमान गर्नुभएको उत्तर नै सही उत्तर हो’ भने भास्कर सँगसँगै दर्शकले अफसोच माने ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan