अमृता लिम्बुले राजेश पायल राइलाई लुकेर हेरेपछि यस्तो भयो (भिडियो सहीत)
नेपालको सांगीतिक क्षेत्रमा नयाँनयाँ गीत संगीत आउने क्रम जारी नै छ । पछिल्लो पटक युट्युब च्यानल मार्फत नेपालको गीत संगीतले विस्व बजारमा आफ्नो अस्तित्व बनाइरहेको पाइन्छ । यसै सिलसिलामा विन्द्यबासिनी म्युजिक प्रा.लि. को युट्युव च्यानल मार्फत गीतकार बिएम गुरुङ बलुद्वारा रचित 'लुकेर हेर्यौ' बोलको गीत दर्शक स्रोतामाझ आइपुगेकोछ ।
हालको ब्यस्त चर्तित युवा संगीतकार राजेश थापाद्वारा संगीतबद्ध यस गीतलाई सर्वप्रिय गायक 'राइ इज किङ' अर्थात राजेश पायल राई तथा गायिका अमृता लिम्बुले युगल आवाज दिएकाछन् ।
लुकेर हेर्दा हेर्दै माया बस्ने प्रेमिल भावनाहरु कैद भएको सुकोमल शब्दहरुले सुसज्जित यस गीतले युट्युवमा अपलोड भएको छोटो समयमै राम्रो भ्युअर्स बटुल्न सफल भएकोछ । यस् गीतको अडियो बिएम गुरुङ बलुको गीति एल्बम 'सृष्टीका बिम्ब'मा संग्रहीत रहेकोछ ।