Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दोलालघाटमा म्यूजिक हाईलाइटको बनभोज

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार | १९४७ पटक हेरिएको

न्यूज अभियान, जेष्ठ २७, दोलालघाट । विगत लामो समय देखी म्यूजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म्यूजिक हाईलाईटको वनभोज कार्यक्रम सम्पन्न भएको छ ।


म्यूजिक हाईलाईटले आयोजना गरेको वनभोज कार्यक्रममा अधिकांस पत्रकार तथा नयाँ कलाकार (गायक, डान्सर, मोडल, कम्पोजार, कोरियोग्राफर) आदिको उपस्थिति रहेको थियो ।


सिन्धुपाल्चोक जिल्ला र काभ्रेपलान्चोक जिल्लाको साँध दोलालघाटको दोभानमा वनभोज कार्यक्रमको आयोजना गरेको थियो ।


उक्त वनभोज कार्यक्रममा बोर्ड सदस्यहरुले स्वागत, कम्पनीको बारेमा जानकारी भविश्यका कार्यक्रमहरुको बारेमा प्रकास पारेको थियो । जो कोहीपनि कलाकारहरुले नयाँ गित लिएर आएमा २५ प्रतिशत सम्म कम्पनीको तर्फबाट लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको थियो ।


उक्त वनभोज कार्यक्रममा कलाकारहरुले शुभकामना दिनुको सागै गित गाएर, नाचेर, जोक, सायरी भनेर, क्यारिकेचर गरेर मनोरञ्जन दिएको थियो ।


उक्त अबसरमा कलाकारहरुलाई सम्मान गर्नुको साथै ग्याम्पो फुटाउने अति रोमाञ्चक खेल, विंगो आदी खेलहरुपनि खेलाईएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan