‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’
न्यूजअभियान | प्रकाशित मिति : २०७३ चैत ७ सोमबार | २०५३ पटक हेरिएको
सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ ।
आज संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको हो । राप्रपाका सांसदले दर्ता गरेको संशोधन प्रस्तावमा संविधानको धारा ४ को उपधारा १ मा संशोधन ‘धर्मनिरपेक्ष भन्ने पदावधीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने बाक्यंश राख्न भनिएको छ।