Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्री सेती देवी माविको ५६ वार्षिक उत्सव

न्यूजअभियान | प्रकाशित मिति : २०७३ चैत ७ सोमबार | २६९० पटक हेरिएको

सागर श्रेष्ठ, सिन्धुपाल्चोक । २०१७ सालमा स्थापना भएको ठूलोसिरुवारी स्थित श्री सेती देवी माध्यामिक विद्यालयको ५६ औं वार्षिक उत्सव भव्य समारोहको विच सम्पन्न भएको छ ।

पूर्व सुचना, वन तथा भू संरक्षण मन्त्री, सिन्धुपाल्चोक २ नं. क्षेत्रका विकासप्रेमी माननिय सांसद अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा र स्कूलको व्यवस्थापन समितिको अध्यक्ष देवी दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्यको क्रममा सापकोटाले विश्वमा शक्तिशाली नै शिक्षा हो ।

शिक्षाकै कारणले अमेरिका, जापान जस्ता देशहरुमा भइरहेका गतिविधि नेपालका गाउँ गाउँमा तुरुन्तै हेर्न र देख्न पाइने भएको छ र यसको विकासको लागि सम्पूर्ण सचेत नागरिकहरु एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

 

उहाँले सेतीदेवी माध्यमिक विद्यालय ठूलोसिरुवारीको ५६ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।
इतिहासमै पहिलो पटक गाउँको अधिकार गाउँमै प्रत्यायोजन भएको र आफूले गर्ने कार्यक्रमको योजनाकार गाउँकै जनता भएको बताउनुभयो । कुनैपनि हालतमा बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्दै स्थानीय तहको निर्वाचनको लागि आ–आफ्नो तर्फबाट सहयोग गर्न समेत सबै स्थानीय स्तरका दलहरुलाई अनुरोध गर्दै यो निर्वाचन भएन भने देश ठूलो दूर्घटनामा पर्ने भएकोले पनि यो निर्वाचन सम्पन्न गराउन सबै नागरिकको पूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ ।

 

स्वस्थ प्रतिष्पर्धाको आधारमा निर्वाचनमा सहभागि हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्दै नेपाली जनताले रगत बगाएर मागेको अधिकार गाउँ गाउँमै आएकोले स्थानीय तहको निर्वाचनमा हाम्रालाई भन्दा पनि राम्रालाई छान्न मतदाताहरुसँग आग्रह गर्नुभयो ।

 

हामी नेपालीहरु जस्तोसुकै संकट परेपनि हँसिलो र जोशिलोको साथ संकट समाधान गर्न सक्षम रहेको अन्तराष्ट्रिय जगतले महसुस गरिरहेको बेला जति चोट र समस्या भएपनि हँसिलो र जोशिलो पाराले नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले करिव २६ सय वर्ष अगाडि यहिदेशमा बुद्ध जन्मिएको कारण पनि हामी नेपालीहरु जस्तोसुकै संकट परेपनि हँसिलो र जोशिलोका साथ अगाडि बढ्न प्रेरणा मिलेको प्रष्ट्याउनुभयो ।


निर्वाचन घोषणा पूर्व स्थानीय निकाय र तहको विषयमा ठूलो लडाई भयो । त्यो लडाई जित्न वर्तमान गठवन्धन सरकार सफल भएको छ  र यो जनताको लागि जितेको उपलब्धीलाई जनतामा लगेर कार्वान्वयन गर्न पनि नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत सरकारमा संलग्न गठबन्धन दलहरुको मुख्य जिम्मेवारी रहेकोले यो जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दलहरु मिलेर स्थानीय तहको निर्वाचन सफल पार्न समेत आग्रह गर्नुभयो ।


मन्तव्यको क्रममा मधेशवादी दलका नेताहरुले अधिकार जनकपुरमा मात्र लान खोजेका तर गाउँ गाउँमा अधिकार लाने विषयमा कुनै पनि चासो नदेखाएको यस अवस्थामा हुन लागेको निर्वाचनले गाउँ र जनताको अधिकार स्थापित गरेर सिंहदरवार केन्द्रीत अधिकार गाउँमा स्थापित गरेर स्थायीत्व दिन सबै लागि पर्नुपर्ने बताउनुभयो ।


उहाँले अनुदान सम्झौताबाट छुटेका भूकम्प पीडितहरुलाई तत्काल सम्झौता गराउनको लागि पुनः निरिक्षण टोली आउन लागेको बताउनु हुदै सरकारले दिने तीन लाख रुपैंया अनुदान र तीन लाख विना व्याज ऋण र २ लाख रुपैंया सहुलियत ऋण गरी ८ लाख रुपैंया र वन मन्त्रालयबाट अनुदान स्वरुप ९० प्रतिशत रकम बराबर १ लाख ३५ हजार गरी ९ लाख ३५ हजार भूकम्प पीडितले उपभोग गर्न पाउने भएकोले सो रकम बराबरको आवास भवन बन्ने समेत बताउनुभयो ।


जिल्लामा रहेको भूकम्प पीडितको लागि अनुदानको काठ निकासा गर्न वन मन्त्री शंकर भण्डारीले सुरु गरिसक्नुभएको बताउँदै सापकोटाले छिट्टै भूकम्प पीडितलाई अनुदानको काठ उपलब्ध गराउन लागिएको समेत प्रष्ट पार्नुभयो ।


इन्द्रेणी सांस्कृतिक समाजका संयोजक कृष्ण कँडेल लगायत कलाकारहरुको मनोरञ्जनात्मक शैलीमा भएको ५६ औं वार्षिकोत्सव समारोहमा माननीय सापकोटाले विद्यालयलाई सहयोग गर्ने सहयोगीहरु र विद्यालय दिवा खाजा व्यवस्थापन गरिरहेको नेत्रज्योती कृषि सहकारी संस्था लगायतलाई सम्मान गरिएको थियो ।

विषेश अतिथि संयुक्त वडा सचिव दुर्गाप्रसाद ढुङ्गेलले सेतीदेवी माविमा अन्य विद्यालयहरु भन्दा फरक ढंगले मनोरञ्जनात्मक शैलीले चेतना तथा सन्देशमूलक गीतका साथ वार्षिकात्सव सम्पन्न गरेकोमा धन्यवाद दिनुभयो ।

५६ औं वार्षिकोत्वस समारोहमा विशेष अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव झलक नेपालले ठूलोसिरुवारी स्थित सेतीदेवी माविमा प्राविधिक शिक्षाको विकास गर्दै नमूना विद्यालयको रुपमा परिचित गराउनुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासको लागि नेपाली कांग्रेसले कुनै पनि कुराको कञ्जुस्याँइ नगर्ने बताउँदै गुणस्तरीय शिक्षा उत्पादनको लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रका रामप्रसाद गौतमले विद्यालयमा कुनै पनि प्रकारले राजनीतिक गतिविधि सञ्चालन हुन नहुने र एनजीओ आइएनजीओको व्यानरमा राजनीतिक गतिविधि सञ्चालन गर्न नहुने, विद्यार्थीहरुको सिकाईमूलक कार्यमा सबैले सहयोग पु¥याउनुपर्ने बताउनुहुँदै सहमतिको आधारमा विद्यालय व्यवस्थापन समिति गठन भएको र सहमतिकै आधारमा सेतीदेवी माविमा प्राविधिक शिक्षा लागू हुने समेत ढुक्क रहन सबै अभिभावकलाई आग्रह गर्नुभयो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan