Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रसुवा बाढी : नेपाली सेनाको उद्धार अभियान तीव्र, १७७ जनाको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |

काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँच वटा हेलिकप्टर परिचालन गरी हवाई उद्धार जारी राखिएको छ।

नेपाली सेनाका अनुसार हालसम्म ११४ जनाको हवाई माध्यमबाट र ६३ जनाको जमिनी माध्यमबाट गरी कुल १७७ जनाको उद्धार गरिएको छ। भदौ १० गते ९७ जनाको हवाई उद्धार गरिएकोमा आज बिहान मैलुङस्थित टनेलबाट ३ जना र टिमुरेबाट १४ जनाको उद्धार गरिएको हो।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नुवाकोटदेखि चितवनसम्म २ हजारभन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको छ। उनीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको कामसमेत गरिरहेका छन्।
नेपाली सेनाका ११ वटा टोलीले रातभर जमिनी उद्धार कार्य जारी राखेका थिए। बाढीका कारण जोखिममा परेका तथा सम्पर्कविहीन हुन पुगेका व्यक्तिहरूको खोजीलाई प्राथमिकतामा राखिएको सेनाले जनाएको छ।

त्यसैगरी, राहत सामग्री ढुवानीका लागि नेपाली सेनाका ११ वटा ट्रक परिचालन गरिएका छन्। ट्रकमार्फत राहत सामग्री त्रिशूलीसम्म पुर्‍याई त्यहाँबाट आवश्यकताअनुसार हवाई साधन प्रयोग गरी प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ। हालसम्म चार सटल राहत सामग्री टिमुरे पुगिसकेको जनाइएको छ।

बाढीका कारण घाइते तथा प्रभावितको उपचारका लागि नेपाली सेनाले मेडिकल टोलीसमेत थप गरेको छ। त्रिशूलीमा खटिएको मेडिकल टोलीमार्फत घाइतेहरूको उपचार भइरहेको छ।

बाढीपछि रसुवालगायत प्रभावित क्षेत्रमा उद्धार, खोजी, उपचार र राहत वितरणलाई एकीकृत रूपमा अघि बढाइएको छ। जोखिममा रहेका नागरिकको उद्धारसँगै प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्‍याउने कामलाई समेत प्राथमिकताका साथ निरन्तरता दिइएको ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan