Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |
newsabhiyan

काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिने बताउनुभएको छ ।

पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्री घिमिरेले महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वलाई पुस्तान्तरण गर्ने बताउनुभयो ।

उहाँले कांग्रेसले राजनीतिका केन्द्रमा राष्ट्र र जनतालाई राखेर नयाँ चरणमा प्रवेश गर्ने उल्लेख गर्नुभयो । 

महामन्त्री घिमिरेले मुलुकलाई सुस्पष्ट दिशा दिन महाधिवेशनबाट नयाँ नीति र कार्यक्रम ल्याइने बताउनुभयो । कांग्रेसले बदलिँदो परिस्थितिअनुसार पार्टीलाई नयाँ ढङ्गले अघि बढाउने उहाँको भनाइ छ । 

“बिपी कोइरालाको सपना सार्थक बनाउनु छ, देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन, राष्ट्रको प्रतिष्ठा बढाउन कांग्रेस चाहन्छ”, महामन्त्री घिमिरेले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan