Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस)

काठमाडौँ, २० असोजः राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत तिलौराकोट, जनकपुरधाम र पनौतीलाई सूचीकरण गराउन देखिएका समस्या, चुनौती र गर्नुपर्ने कामका बारेमा अध्ययन गर्ने भएको छ । 

     तीन सम्भावित विश्व सम्पदास्थललाई सूचीकरण गराउन देखिएका समस्याको अध्ययन गर्नेसहितको वार्षिक कार्ययोजना २०८३÷८४ समितिको आजको बैठकले पारित गरेको हो । कार्ययोजनामा ऐतिहासिक संरचना (गढी) समेत १०० वर्ष पुराना सम्पदाको खोज, अवलोकन र निरीक्षण गर्ने कार्यक्रम  समितिले अघि सारेको छ । 

    ऐतिहासिक पुरातात्विक सम्पदाको संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने दायित्व तथा भूमिकाका विषयमा पनि अध्ययन गर्न लागिएको कार्ययोजनामा उल्लेख छ । बैठकमा राष्ट्रियसभाका सदस्यहरु चन्द्रबहादुर केसी, मीनासिंह रखाल, रुक्मिणि कोइराला, युवराज शर्मा, जगत पार्की, सोमनाथ पोर्तेल, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियारलगायतले सम्पदा क्षेत्रको अध्ययन अनुसन्धान गरी तिनको महत्व उजागर गर्ने, ऐतिहासिक दस्तावेज एवं अभिलेखको संरक्षण गरिनुपर्ने विषयलाई प्राथमिकताका आधारमा छलफल गराएर निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan