Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

काठमाडौँ, २१ असोजः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब रु ४६ लाख ३७ हजार बराबरका विभिन्न देशका अवैध मुद्रासहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बरामद मुद्राको स्रोत तथा प्रयोजनबारे आवश्यक अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई मुद्रासहित नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार सुओलाङको साथबाट नेपाली रु ११ लाख ८६ हजार, चिनियाँ युआन ५१ हजार ७९०, अमेरिकी डलर पाँच हजार ९६५, हङकङ डलर ४९ हजार ९९०, यूरो दुई हजार ६० तथा अष्ट्रेलियन डलर ५० बरामद भएको छ ।

पक्राउ परेका सुओलाङलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan