Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |
newsabhiyan

काठमाडौँ, २२ असोजः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । 

भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो ।    

भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको भोटेकोशीमा गएको बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले बाढीबाट प्रभावित समुदायको अवस्था र पुनःस्थापनाका प्रयासबारे चासो व्यक्त गर्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री बादीले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । 

सन् २०२६ अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको जानकारी गराउँदै मन्त्री बादीले प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।

भेटमा मन्त्री बादीले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमासमेत विस्तृत छलफल भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan