Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रमिकको मृत्युको अनुसन्धान सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | रासस

 महोत्तरी, २६ असोजः कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत श्रमिकको मृत्युका सम्बन्धमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । सो कम्पनीमा कार्यरत रौतहट चन्द्रपुरका ६० वर्षीय सुरता माझीको आइतबार दिउँसो काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएको हो ।

“माझीको अचानक मृत्युको खबर पाउनासाथ घटनास्थलको अवलोकन गरेका छौँ”, इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक ताराबहादुर तामाङले भन्नुभयो, “अब अस्पतालमा पुर्याएर शव परीक्षण (पोष्टमार्टम) गरिएपछि माझीको मृत्युबारे केही तथ्य आउन सक्ला ।”

माझी वर्कसपमा काम गर्दागर्दै अचानक ढलेका थिए । लगत्तै उनको मृत्यु भएको कम्पनी सञ्चालक विजय लो तामाङको भनाइ छ । प्रहरीले शव परीक्षण रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान अघि बढ्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan