Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |
newsabhiyan

काठमाडौं, २७ असोज  : पर्सा, वीरगंज महानगरपालिका-११ रानीघाटबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ रानीघाट बस्ने ३७ वर्षीय लखन साह कानु समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय ९५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  

बाँके, खजुरा गाउँपालिका-७ सोनबर्षाबाट जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-३ इन्द्रपुर बस्ने ३४ वर्षीय अर्जुन कुमार समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४ सय ७० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan