एनपिएलः विराटनगरद्वारा कर्णालीलाई १८७ रनको लक्ष्य
काठमाडौँ, १२ कात्तिकः नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सलाई जितका लागि एक सय ८७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८६ रनको योगफल बनाएको हो ।
विराटनगरका लागि लोकश बमले सर्वाधिक ८७ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ३ चौका र ९ छक्का प्रहार गरे । उनको आक्रामक ब्याटिङले विराटनगरलाई बलियो योगफलसम्म पु¥याउन सम्भव भएको हो ।
यसैगरी आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडे भने एन्जेलो म्याथ्युजले २३ बलमा चार ४ चौकाको मद्दतमा ३१ रन बनाए । बसिर अहमदले ७ बल खेल्दै १३ रन तथा शेहान जयसूर्याले ११ रनको योगदान दिए ।
बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए । अहिले कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाएर ३३ रन बनाएको छ ।

