मलेसियामा काम गर्दा गर्दै दुर्घटनामा परेका संजिपको जुट्दै उपचार खर्च !
काठमाण्डौ । वैदेशीक रोजगारिको शिलशिलामा एक वर्ष अगाडी ठूलो सपना लिएर मलेसिया गएको रामेछाप जिल्ला, रामेछाप नगरपालिका वडा नं. ५ स्थिाई निवासी संजिप तमाङको सपना अधुरै रह्यो ।
मलेसियाको एक कम्पनीमा काम गर्दा गर्दै दुर्घटनामा परेका संजिप तमाङ अहिले प्रवासमा राम्रो उपचार नहुने भएपछि नेपाल आएकाछन् । मलेसियाको सेलागरमा रहेको केनवोंन कार्टुन एस डी एन बि एच डी कम्पनीमा कार्यरत संजिप फेब्रुअरी ५ तारिखका दिन बिहान ९ बजेतिर दुर्घटनामा परेका थिए ।
दैनिक ड्युटिमा रहेकाबेला कार्टुन प्रिन्ट गर्ने मेसिनमा दायाँ हात पर्न गई पुरै हात पिल्सिएको र नाडीको हड्डी फुटेको अवस्थामा छन् । घटना पछि संजिपलाई कम्पनीले उपचारका लागि अस्पताल लगेको थियो । पाँच दिन अस्पतालमा उपचार पश्चात उनी होस्टलमा बसिरहेका थिए ।
श्रमिकहरुको लागि विदेशमा राम्रो उपचार नहुने भएको कारण उनी तत्कालै नेपाल फर्किएका हुन । नेपाल फर्किए लगतै उनी महाराजगञ्ज स्थित टिचिङ्ग अस्पतालमा भर्ना भैई उपचार गराई रहेकाछन् । ऋण गरेर गएको रकम तिरि नसक्दै दुर्घटना भएपछि उनलाई थप आर्थिक भार परेको छ ।
उपचारको क्रममा डाक्टरको सल्लाह अनुसार ६ हप्ता पुरा भएपछी हातमा राखिएको स्टिल निकालेर नशाको अपरेशन गर्नुपर्ने भनिएको छ । र साथै सर्जिकल अपरेशन पनि गर्नु पर्ने भनिएको छ जसका लागि नाम दर्ता गरिएको र आफ्नो पालो कुर्दा बैशाख २६गते पर्ने बताईएको छ ।
न्यूज अभियान डटकमद्धारा सञ्चालित न्यूज अभियान अक्षय कोष मार्फत सहयोगको अपिल भन्ने समाचार सम्प्रेसन गरे पश्चात सहयोग जुट्ने क्रम जारि छ ।
अहिलेसम्म जुटेको सहयोग रकम निम्न प्रकार छन् :
१, फुर्तेंजी शेर्पा : ताइवान रु १०,०००
२, प्रदिप तमाङ : दुबई रु १०,०००
३, न्यूज अभियान अक्षय कोष : रु २०००
४, सागर श्रेष्ठ : काठमाडौं रु १०००
५, छायाँचन्द्र भण्डारी : काठमाडौं : रु १०००
६, उद्धव तमाङ : काठमाडौं : रु ५०००
७, रोजिना लामा, काठमाण्डौ : रु ५००
८,;केनवोंन कार्टुन कम्पनीमा कार्यरत संजिपका साथीहरु (मलेसिया) बाट : रु ७०००
९, जङ्ग तामङ , इजरायल - रु - ५०००

ईच्छुक नेपाली दाजुुभाई दिदी बहिनी र आफन्तहरुबाट सहयोगको अपेक्षा गरिएको छ । निज संजिप तमाङलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले निम्न खातामा रकम पठाएर सहयोग गर्न सक्नु हुनेछ ।
तपाईले गरेको सहयोगको विवरण न्यूज अभियान डटकममा पारदर्शि रुपमा अपडेट गरिने छ र तपाईले पठाउँनु भएको रकम सम्बन्धित व्यक्तिलाई हस्तानतरण गरि वहाँले पाएको रकमको भिडियो सहित न्यूज अभियान डटकममा प्रसारण गरिने छ ।


सहयोगको लागि सिधै रकम जम्मा गर्न सकिने बैक ठेगाना :
Bank Name: Prabhu Bank Limited
A/C No: 02000100380794000001
Account Holder's Name: National Vision Media Group Pvt. Ltd.
SWIFT Code: PRVUNPKA
न्यूज अभियानको फ्लोअप, यो पनि पढ्नुहोस् !
:: मलेसियामा दुर्घटनामा परेका संजिपले सहयोगका लागि गरे अपिल !
:: मलेसियामा दुर्घटनामा परेका संजीपको दुताबाससगँ यस्तो आग्रह
:: मलेसियामा ड्युटीमा काम गर्दा-गर्दै संजिप गम्भीर घाईते
