Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुल्ला

न्यूजअभियान | प्रकाशित मिति : २०८२ असार ५ बिहीबार |
newsabhiyan

काठमाडौँ । ‘मिस नेपाल पिस २०२५’ को खोजी सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जानकारी गराएको हो ।

प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ।

प्रतियोगिताका शीर्ष तीन विजेताले नगद एक लाखका अलवा अन्तराष्ट्रिय प्रतियोगीता ‘मिस वल्र्ल पिस’, ‘मिस ग्लोबल’, ‘मिस प्लानेट इन्टरनेसनल’ नेपालको प्रतिनिधित्व गर्नुका साथै ५ लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।

‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो ।

प्रतियोगितामा देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई विभिन्न प्रशिक्षण दिएर अन्तिम चरणका लागि तयार पारिनेछ।

प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।

अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा आबद्ध तथा अध्ययनरतहरूलाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको हो।

अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीलाई सञ्चार कला, व्यक्तित्व विकास, मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङ लगायतका विषयमा प्रशिक्षण दिइने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन्। प्रतियोगितामा विभिन्न आधा दर्जन उपविधामा समेत विजेता छानिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan