Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झिर सेकुवा अब बालाजु औद्योगिक क्षेत्र र जनकपुरमा पनि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १४ बुधबार |
newsabhiyan

 

काठमाडौं । मौलिक नेपाली स्वाद र ग्राहकलाई उचित मूल्यमा सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा आएको झिर सेकुवाले आफ्नो सेवा विस्तार गरेको छ। नेपाली मौलिक सेकुवा तथा एमआरपी मूल्यमा अल्कोहलिक प्रोडक्ट उपलब्ध गराउने विशेष अवधारणासहित सञ्चालनमा आएको झिरको शाखाहरू विभिन्न स्थानमा सञ्चालनमा छन्।

ग्राहकको स्वाद, गुणस्तरीय परिकार र सहज सेवामा जोड दिँदै झिर सेकुवा छोटो समयमै ग्राहकमाझ लोकप्रिय पहिचान बनाउन सफल भएको छ। नेपालमा एमआरपी मूल्यमा पेय पदार्थ उपलब्ध गराउने अवधारणा भित्र्याउने पहिलो ब्रान्डका रूपमा परिचित झिर सेकुवाले अब बालाजु औद्योगिक क्षेत्र र जनकपुरमा पनि आफ्ना फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ।

झिर सेकुवाका संस्थापक तथा सञ्चालक सञ्जीव कुमार तिमिल्सिनाका अनुसार दुवै आउटलेट झिरका फ्रेन्चाइज शाखा हुन्। उनले देशका अन्य सहरहरूमा पनि झिरको मौलिक सेकुवाको स्वाद क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको बताए।

बालाजु औद्योगिक क्षेत्रस्थित शाखाको सञ्चालन शङ्खर पोखरेल र जनकपुरस्थित शाखाको सञ्चालन निप्रेश कुमार यादवले गरिरहेका छन्।

ग्राहकलाई गुणस्तरीय परिकारसँगै पारदर्शी मूल्य प्रणालीमा सेवा दिने उद्देश्यले झिरले आफ्नो व्यवसाय विस्तार गर्दै आएको तिमिल्सिनाले बताए।

झिरमा ग्राहकहरूले विशेष गरी मटन, चिकेन तथा पोर्कका पोलेका मासुका परिकारहरूको स्वाद लिन सक्नेछन्। यस्ता परिकारहरू प्रतिप्लेटका साथै आधा केजी र एक केजीमा पनि उपलब्ध छन्। साथै, रेस्टुरेन्टमा पेय पदार्थहरू पनि अधिकतम खुद्रा मूल्य (एमआरपी) मै बिक्री गरिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan